नरेन्द्र रौले/ जनक तिमिल्सिना
तपाईंको दैनिकी के बाट सुरु हुन्छ ? बिहानीको समयमा पत्रिका पल्टाउदै चिया वा कफिको चुस्किबाट ? एकैछिन् अघि फर्कौं, त्यो भन्दा अघि तपाईंको निद्रा मोवाईलको अलार्मले ब्युँझाएको थियो । किनकि ठूला भित्ते घडिको जमाना अब पुरानो भईसक्यो । चाहेको समयमा बिउझाउन सिरानीमा मोबाइल छँदैछ । यहिंबाट सुरु हुन्छ मानिसको दिनचर्या । र निदाउने बेला सम्मको साथी पनि यही ।
मोवाईल बिनाको जीवन अधुरो ठान्छिन्, लाजिम्पाटकी आरती पोखरेल । पहिले पहिले ईमेल , ईन्टरनेट प्रयोग गर्न साईबर धाउने पोखरेल अचेल मोवाईलमै यिं सेवाहरु चलाउछिन् । थि्रजि फोनबाट ब्वाई फ्रेण्डसँग भिडियो च्याट् गर्न खुब रमाईलो हुने उनको अनुभब छ । भन्छिन्, “दुरीले हामी टाढा भएपनि थ्रिजिले नजिक बनाएको छ ।” कुनै समय परेवाको खुट्टामा चिठ्ठी बाँधेर सञ्चार गरिन्थ्यो । अब त्यो कुनै पुस्तकमा पढिने कथामा सिमित भईसकेको छ । नेपालका झण्डै एक करोड भन्दा धेरै नागरिकहरुको हातमा मोबाईल पुगिसकेको छ । सूचना राजमार्गको फास्ट ट्रयाकमा संसारलाई जोडेको मोवाईलले विश्वलाई नै साघुँरो बनाउदैछ । खल्तीको मोबाइललाई औँलाले अपरेट् गर्दै सारा संसारलाई चियाउन सम्भब भएको छ ।
फोन गर्ने, एसएमएस गर्ने, समाचार पढ्ने, टेलिभिजन हेर्ने, इमेल लेख्ने, च्याट गर्नेजस्ता सबै कामहरु मोबाइलबाटै गर्न सकिने भएको छ । तस्वीर खिच्ने, भिडियो खिच्ने, रेकर्ड गर्ने, लगायतका सुविधाहरु पनि मोबाइलमै उपलब्ध हुन थालेका छन् । जसले संसारलाई साँघुरो पारिदिएको छ । मिनी ल्यापटपको रुपमा मोबाइल नै प्रयोग हुन थालेको छ । सूचना प्रविधिमा विकास भएका नवीनतम सुविधाहरु सानो मोबाइलमै उपलब्ध भएका छन् । पत्रपत्रिका र टेलिभिजनहरुले मोवाईलमै समाचार पठाउन मिल्ने ब्यबस्था गरिसके । विदेशमा रहेका आफन्त सँग कुराकानी गर्नलाई लोडसेडिङले बाधा गर्न सक्दैन ।
पुर्ब विज्ञान मन्त्रि गणेश शाह पनि आइफोनको फाईदा मज्जाले लिईरहेका छन् । ईमेल चेक गर्ने र समाचारका लागी न्युज पोर्टल हेर्नु त छँदैछ । त्यो बाहेक सिंगापुर र अमेरिकामा रहेका आफ्ना छोरा सँग कुरा गर्न पनि आईफोनकै भर पर्छन् । आईफोनमा भएको स्काइपले ठूलो सहयोग गरेको लाग्छ उनलाई । “पहिले पहिले निकै महंगो पथ्र्यो । अहिले सजिलो र सस्तो भएको छ ।” उनले भने । हुन पनि मोबाईलमा जिपिआरएस जोडेको छ भने त्यो जति नै बेला सम्भब छ । हवाईजहाजको टिकट काट्दा होस् वा बैकिङ कारोबार गर्दा घरमा बसिबसि गर्न सकिने भएको छ । थोरैका लागी बिलासिताको बस्तुका रुपमा प्रयोग हुने मोबाइल आम मानिसहरुका लागी जीवनको अभिन्न हिस्सा बनेको छ ।
केही बर्षअघि डेबिट कार्ड, क्रेडिट कार्ड हातमा पर्दा फुरुङ्ग भएका हामी अब “एम मनी” को अवधारणा आउन थालेपछि ती कार्डहरु कुनामा थन्काउने तयारी छौं । बैँकहरुले मोबाइल प्रयोग कर्तालाई लक्षित गरेर ‘एम-मनी’ सेवा सुरु गरेपछि मोबाइलबाटै रकम ट्रान्सफर, खरिदको बिल भुक्तानी, टेलिफोन वा मोबाइलको बिल भुक्तानीजस्ता सुबिधाहरुको लिन सकिने भएको छ । बैंकहरुले एसएमएस बैकिङ सेवा समेत सुरु गरेका छन् । जसमा पोस्टपेडको पैसा तिर्ने, रिचार्ज कार्डको महसुल तिर्ने, खाताको पैसा थाहा पाउनेलगायतका सुविधाहरु प्रदान गरिरहेका छन् ।
विभिन्न बैँकहरुले मोबाइल प्रयोगकर्ताहरुका लागि मोबाइल क्यास सेवा पनि सुरु गरेका छन् । जसमा पैसा जम्मा गर्ने, झिक्ने, रेष्टुरेन्ट र डिपार्टमेन्टल स्टोरहरुमा पैसा तिर्नेजस्ता आधुनिक सुविधाहरु उपलब्ध गराएको छ । उपचार सेवा, डाक्टरको सल्लाह पनि मोबाइलमै प्राप्त गर्ने सकिने भएको छ । टेलिमेडिसिन थिज्री मोबाइलबाट सजिलै सम्पन्न गर्न सकिन्छ । कर तिर्ने, उपहार पठाउने, किनमेल गर्ने जस्ता सुविधाहरु पनि मोबाइलले नै सम्भव बनाइदिएको छ । यसमा सारा संसार र एउटा समग्र जीवन अटाउन थालेको छ ।
विद्यार्थीका लागि मोबाइल झन् अनिबार्य नै भयो । मल्टिमिडिया सेवाहरु पनि यसमै छन् । नजिकै रहेका साथीहरुसँग कुराकानी गर्नुपर्यो यहीबाट निशुल्क च्याट गर्न सकिन्छ । सूचनाको गोप्य जानकारी पनि साँटासाट सजिलै गर्न सकिन्छ । आम मानिसहरुका लागी महत्वपूर्ण र अभिन्न अंग त हुँदै हो । त्यत्तिकै दुरुपयोग पनि हुँदै आएको छ । यसपालीको एसएलसीमा परिक्षा हलमै मोवाइल प्रयोग गर्नेहरु पनि प्रशस्तै भेटिए । चिट चोर्ने माध्यमका रुपमा पनि यसलाई केहिले प्रयोग गरे । तर यसको सहि सदुपयोग हुने हो भने फाईदा नै बढी छ । तरकारी बेच्ने देखी कार बेच्ने सम्मकाले मोवाईलको प्रयोग गर्छन् । किसान, उद्योगी, संचारकर्मी, सामाजिक कार्यकर्ता, विद्यार्थी सबैको दैनिक मोबाइलमै नै अडेको छ । कुनै समय कल्पनाजस्तो लाग्ने यो बस्तु अहिले मुलुकका कुनाकाप्चामा पसिसकेको छ ।
मोबाईल जीवनशैलीकै रुपमा स्थापित भएपछि मोबाइल बजारको तीब्र विस्तार हुन थालेको छ । ब्यवसायीहरु मोबाइल उद्योगकै रुपमा स्थापित भएकोमा दंग छन् । मल्टिफङ्शनल मोबाइलहरुको होडबाजीले प्रयोगकर्ताहरुको संख्यामा पाँच बर्षयता उल्लेख्य बृद्धि भइरहेको उनीहरुको अनुभव छ । राजधानीको सिटिभी मोवाईलका बिक्रेता एलाईभ ग्लाइडर उपभोक्ताहरुको माग अत्यधिक भएको बताउछन् ।
“पहिले भन्दा अझैँ बढेको छ ।” उनी भन्छन् । धेरै फोनहरुको बोक्ने बाध्यता पनि छैन । किनभने एकै सेटमा तीन तीन वटा सिमकार्ड प्रयोग गर्न सकिने सुविधायुक्त सेटहरु पनि बजारमा छन् । एप्पलको आइफोन सबैभन्दा सेक्सी ग्याजेटको रुपमा बजारमा छ । जससँग प्रतिस्पर्धाका लागि अन्य मोबाइल कम्पनीहरुले पनि आफ्ना उत्पादनहरुलाई मल्टिफङशनल र आकर्षण बनाउँदै लगेका छन् ।
मोबाइल कम्पनीहरुले भिडियो, अडियो रेकर्ड, स्काइप, र फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालको प्रयोगदेखि संसारभर निशुल्क फोन कुराकानी गर्न मिल्ने भिवर चलाउने प्रविधिको पनि विकास गरेका छन् । महंगो आइफोनमा भिबरको सुविधा छ । ग्रामीण नेपालीका लागि सपनाजस्तै भएपनि आइफोनको भिबर सुविधा मध्यवर्गीय नेपालीहरुले मज्जाले प्रयोग गरिरहेका छन् । प्रविधीको दुनियाँको प्रतिस्पर्धा यही रफ्तारमा विकास हुने हो भने बाँकी केही बर्षभित्रै किसानका खल्तीमा पनि आइफोन पुगे अचम्मको विषय हुने छैन ।
( साप्ताहिकको सत्रौं वाषिर्क उत्सबका बेला ‘जेनरेसन Next’ मा प्रकाशित। )