Close Menu
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
नयाँ

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

Facebook X (Twitter) Instagram
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
Facebook YouTube Instagram
Narendra Raule
प्रविधि

लोकप्रिय बन्दैछ जिपिएस प्रविधि

October 20, 2014
Facebook Email Twitter WhatsApp Copy Link

नरेन्द्र रौले

राजधानीमा बढ्दै गएका अपराध नियन्त्रण गर्न महानगरीय प्रहरीले जिपिएस (ग्लोबल पोजिसन सिस्टम) प्रबिधी सुरु गरेको छ । जनपद प्रहरीका ६१ वटा र ट्राफ्रिक प्रहरीका चार वटा सिआरभि (कन्ट्रोल रुम भेइकल) उपत्यकाका बिभिन्न ठाउमा खटाईएका छन् । यो प्रबिधी लागु भएको एक महिनामै लोकपि्रय बन्दै गएको महानगरिय प्रहरी आयुक्त कार्यालयका प्रबक्ता वरिष्ठ उपरिक्षक रविराज श्रेष्ठले बताए ।

रानीपोखरीस्थित् महानगरिय प्रहरी आयुक्त कार्यालयको अ रुममा बसेरै सिआरभि (कन्ट्रोल रुम भेइकल) भ्यानलाई हेर्न सकिनेछ । कुनै ठाउमा घटना भएको जानकारी पाउने बित्तिकै नजिकै रहेको सिआरभि भ्यानलाई खटाउन सक्ने ब्यबस्था मिलाईएको छ । यस्ता सिआरभि भ्यानहरु तोकिएको स्थान भन्दा बाहिर जान पाउदैनन् । गाडी गुडिरहेको, पार्किङ भईरहेको, आपतमा परेको खबर पनि ट्राफ्रिक रुममै बसेर थाह पाउन सकिन्छ ।

‘गाडी गुडिरहेको भए नीलो, पार्किङ भईरहेको छ भने कालो र आपतमा परेको छ भने रातो रंग बल्छ’ प्रबक्ता श्रेष्ठले बताए । चौबिसै घण्टा आफ्नो ईलाकामा खटाईएका यस्ता सिआरभि भ्यानहरु काठमाडौंमा ४१, भक्तपुर र ललितपुरमा १०, १० वटा संख्यामा खटाईएका छन् ।

एक महिनामै उपत्यकाको चोरी, डकैति, लुटपाट, अपहरण, हत्या जस्ता आपराधिक गतिबिधीहरुमा जिपिएस प्रबिधिका प्रयोगले कमि आएको बताउछन्, डिएसपि रबिन बस्न्यात । ‘सुरक्षाकर्मीहरुको उपस्थिीतिले अपराध नियन्त्रणमा गर्दा पहिले भन्दा धेरै सहज भएको छ ।’ बस्न्यातले भने, ‘जनताहरुले पनि जिपिएस प्रबिधि जडित सिआरभि भ्यानहरुको थप माग गरिरहेका छन् ।’ आपराधिक गतिबिधीहरु नियन्त्रण गर्न सुरक्षाकर्मीहरुको उपस्थिीतिले मात्र पहिले भन्दा निकै फरक देखिएको छ ।

‘कम भन्दा कम समयमा घटनास्थलमा पुग्नु नै हाम्राे सफलता हो ।’ प्रबक्ता श्रेष्ठले भने, ‘जनताहरुले यो प्रबिधिबाट राहतको महशुष गरेका छन् ।’ प्रहरीले आम जनताहरुसंग सहकार्य गर्दै यो प्रबिधीको परिक्षण सुरु गरेको हो ।
के हो जिपिएस सिस्टम ?

जिपिएस (ग्लोबल पोजिसन सिस्टम) स्याटेलाइट प्रबिधीमा आधारित छ । अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले २४ वटा स्याटेलाइटहरु छोडेर प्रयोगमा ल्याएको हो । सुरुमा मिलिटरी प्रयोजनमा मात्र सिमित यो प्रबिधि सन १९८० देखी सर्बसाधारणहरुले पनि प्रयोग गर्न अनुमति पाए । संसारको जुनसुकै कुनामा चौबिसै घण्टामा यस प्रबिधीको प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्न छुट्टै खर्च लाग्दैन ।

अचेल पछिल्ला मोवाइलहरुमा जिपिएसको प्रयोग बढ्दै गएको छ । आफु जान लागेको ठाउ, त्यहा जान लाग्न समय यसबाट सजिलै पत्ता लगाउन सकिन्छ । कुनै नया ठाउ जादा आफु केही गरि हराएमा यसले समस्या को गरिदिन्छ । चासो लागेको, आबश्यक परेको कुनै मानिस कहा बसिरहेको छ ? त्यो जान्न चाहेमा आफु संग फोन नम्बर छ भने पत्ता लगाउन पनि जिपिएसले सहयोग गर्छ ।

यो पनि पढ्नुहोस

घरमै फल्छ डलर

मोबाइलमै छ जीवनशैली

Leave A Reply Cancel Reply

पछिल्ला पोष्टहरु

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

July 14, 2024

पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे

April 25, 2024

कथा सुनाउन संसार चाहर्ने साईग्रेस, जसले बेग्लै ट्रेण्ड बसाले

April 25, 2024
भिडियो

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

एशियाली प्रभावशाली युवामा छनौट भएकी श्रेया गिरी को हुन् ?

ऋषि धमलाको यसरी तारिफ गरिन् एलिजा गौतमले

Just in

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

Narendra Raule

Dear Readers,

Warmly welcome to you in my blog. This is Narendra Raule, a kathmandu based journalist .
I am interested to write in Peace & conflict, Diplomacy, migrant workers, youth, information and technology, environment, life-style and feature stories.
This Blog 'Nepali Highway' is my personal diary, where I can express my feelings, expressions, travelogues, journalistic writings and so on. In other words, it is a reflection of my life.
My hobbies are traveling, writing, journalism, reading books, music, and literature.

Email Me: naren.raule@gmail.com
Contact: ( +977 ) 9851005756

Facebook X (Twitter) Instagram YouTube WhatsApp
Narendra Raule
Facebook WhatsApp Instagram YouTube
© Narendra Raule . Website by Krishna Thapa.

Type above and press Enter to search. Press Esc to cancel.