Close Menu
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
नयाँ

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

Facebook X (Twitter) Instagram
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
Facebook YouTube Instagram
Narendra Raule
कला र मनोरञ्जन

कथा सुनाउन संसार चाहर्ने साईग्रेस, जसले बेग्लै ट्रेण्ड बसाले

April 25, 2024
Facebook Email Twitter WhatsApp Copy Link

काठमाडौँ । सोसल मिडिया र इन्टरनेटको दुनियाँ चाहर्नेहरूलाई सायद साईग्रेस पोखरेलको नाम चिनाइरहनु पर्दैन । नेपालमा टिकटक बन्द भए पनि साईग्रेसले वाचन गरेका मन छुने लाइनहरूको स्पर्श कतिपयको मनको ढुकढुकीमा बजिरहेको होला ।

फेसबुकमा रिल्स र युट्युबको सर्टस् हेर्न बानी परिसकेकाहरूको एक जमातले त साईग्रेसलाई पक्कै स्क्रोल गर्छन् । उनकै आवाजमा लामो भिडिओ हेर्न र सुन्न एडिक्ट भइसकेको पुस्ताको मस्तिष्कमा त साईग्रेसको छाप लामै समयसम्म रहिरहला ।

चम्किन हिरा पनि त कालो बन्नुपर्छ
सफलता गन्तब्य हो भने यात्रा गर्नुपर्छ
यात्रा गर्ने भए उकालो ओरालो गर्नुपर्छ
बिना खल्तीको दौरा काम छैन साथी
खल्ती बन्ने भए पहिले टालो बन्नुपर्छ

चाहिने भन्दा बढी पस्किनु भनेको फ्याँकिनु हो, त्यो पनि अड्कलमा भर पर्छ ।
कोसँग कति सामीप्य हुने भन्ने कुराले जीवनमा ठुलो अर्थ राख्छ ।

 

कतै न कतै सामाजिक सञ्जालमा साईग्रेसको आवाजमा यी लाइन तपाईंले पक्कै सुनेकै हुनुपर्छ । स्मार्टफोन बोक्ने युवा पुस्तामाझ साईग्रेसले स्टोरी टेलर (कथा वाचक) को पहिचान बनाएका छन् । युट्युबमा उनको नाममा रहेको साईग्रेस अफिसियल च्यानललाई सब्सक्राइब गर्नेको सङ्ख्या ७ लाख नाघिसकेको छ । यी हरफ लेखिरहँदा फेसबुकमा उनलाई साढे ७ लाखले फलो गरेका छन् । सामाजिक सञ्जालमा लाखौँले पछ्याएका साईग्रेसले वाचन गरेका कथाले करोडौँ भ्युज पाएका छन् ।

सुन्दर ढङ्गमा कथालाई बुनेर, आफ्नो सुमधुर आवाजमा पस्किन सिपालु छन् साईग्रेस । विश्वभरि छरिएका नेपालीले पठाएका झण्डै १८ हजार कथाले उनको इमेल भरिएको छ । तीमध्ये उपयुक्त लागेका कथा उनको टिमले छानेर पठाएपछि साईग्रेसले फेरि त्यसलाई पुनर्लेखन र सम्पादन गर्छन् र, बल्ल युट्युबमा उनी प्रसारण गर्छन् ।

स्रोताले पठाएका शब्दहरू जब आवाज बनेर गुन्जिन्छन्, साईग्रेसको जादुमयी आवाज र प्रस्तुतिले लठ्ठ बनाइहाल्छ । आफ्नै जीन्दगीमा भोगेका, देखेका, अनुभूति गरेका कथालाई साईग्रेसको आवाजमा वाचन गराउने रहर बोक्नेहरूको लामै लाइन छ ।

युट्युब र सामाजिक सञ्जालमा मात्र सीमित छैनन् साईग्रेस । स्पेनको बार्सिलोनालाई कर्मथलो बनाइरहेका उनले कथा सुनाउनकै लागि नेपाल लगायत विश्वका ५५ स्थानमा पाइला टेकिसकेका छन् । सन् २०२१ देखि नेपालबाट सुरु भएको ‘वर्ड टुर विद् साईग्रेस’ को अहिले ५५ औँ संस्करण आरम्भ भएको छ । कथा सुनाउनकै लागि उनी झापा, इटहरी, चितवन, बुटवल, पोखरा पुग्दैछन् । हरेक सहरमा मिट् एन्ड ग्रिट कार्यक्रम हुनेछ र, यो संस्करणको अन्तिम कार्यक्रम जेठ ५ गते काठमाडौँमा हुनेछ । क्यानेडियन स्टडी सेन्टरको सहकार्यमा हुन लागेको यो संस्करणमा साईग्रेसको कथासँगै कुवेर सुनार र अनुप सुनारको म्युजिकल पर्फमेन्सको मजा लिन सकिनेछ ।

नेपालको कार्यक्रम सकेर साईग्रेस कथा सुनाउनकै लागि मध्यपूर्वी देशमा उड्नेछन्, जहाँ परदेशमा पसिना चुहाइरहेका नेपालीहरू उनलाई पर्खेर बसेका छन् ।

सन् २०१० तिर साईग्रेसले इन्टरनेटको दुनियाँमा कथा सुनाउन थाले । उनले जीवनको विगत तीन दशकमा जे जति कमाए, त्योभन्दा बढी पाँच वर्ष यता कमाउन सफल भए । कथा सुनाउन उनी जहाँ पुग्छन्, फ्यानहरूले घेर्न थालिहाल्छन् । किशोर, किशोरी, युवा पुस्ताले आफ्नो सम्बन्ध, प्रेम, वियोग, तनाव र जटिलताबारे उनीसँग परामर्श लिन खोज्छन् । छट्पटिएका युवाहरू साईग्रेसले दिएको सल्लाहले थोरै भए पनि शान्ति र आनन्दको महसुस गर्छन् । यति हुँदाहुँदै पनि साईग्रेस आफूलाई ‘मोटीभेसनल स्पिकर’ भन्न रुचाउँदैनन् । उनलाई त्यो शब्द भारी लाग्छ ।

नाम, दाम र पहिचान बनाउन सफल भए पनि साईग्रेस मात्तिएका छैनन् । यदाकदा आउने नकारात्मक प्रतिक्रियाले पनि उनी पटक्कै आत्तिएका छैनन् । ‘म सादा पानी हुँ, जुन आकारमा ढाल्यो, त्यही आकारमा ढल्छु,’ उनी भन्छन्, ‘कठिन परिस्थितिमा पनि म अत्यन्तै सकारात्मक सोच राखेर अगाडि बढ्छु । आफूलाई सम्हाल्न जानिसकेको छु ।’

उनलाई लाग्छ, दर्शकहरूले यति माया गरिसके कि अब घृणाको कुनै ठाउँ नै छैन । उनलाई यो पनि लाग्छ, जब मानिसले ताली र गाली छोड्छ, तबमात्र प्रगतिले अँगालो हाल्छ ।

नेपालमा छँदा सरकारी जागिरे साईग्रेस, विद्यार्थी भिसामा डेनमार्क पुगे । त्यसपछि उनको कर्मथलो बन्यो स्पेनको बार्सिलोना । उनले फिल्म, नाटक, म्युजिक, नृत्य सबैथोक सिके । तर, कथा वाचनले बलियो पहिचान बनाइदियो । आफ्नो सपनालाई निरन्तर पछ्याइरहे एक दिन सफल भइन्छ भन्ने उनी राम्रो उदाहरण बनेका छन् । कथा सुनाएरै संसार घुमेका साईग्रेसले नयाँ ट्रेण्ड बसालेका छन् । आखिर उनले सपनाको उडान कथा वाचनमै गरेका छन्, जुन काममा उनी हमेसा स्फूर्ति महसुस गरिरहन्छन् ।

यो पनि पढ्नुहोस

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

Leave A Reply Cancel Reply

पछिल्ला पोष्टहरु

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

July 14, 2024

पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे

April 25, 2024

कथा सुनाउन संसार चाहर्ने साईग्रेस, जसले बेग्लै ट्रेण्ड बसाले

April 25, 2024
भिडियो

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

एशियाली प्रभावशाली युवामा छनौट भएकी श्रेया गिरी को हुन् ?

ऋषि धमलाको यसरी तारिफ गरिन् एलिजा गौतमले

Just in

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

Narendra Raule

Dear Readers,

Warmly welcome to you in my blog. This is Narendra Raule, a kathmandu based journalist .
I am interested to write in Peace & conflict, Diplomacy, migrant workers, youth, information and technology, environment, life-style and feature stories.
This Blog 'Nepali Highway' is my personal diary, where I can express my feelings, expressions, travelogues, journalistic writings and so on. In other words, it is a reflection of my life.
My hobbies are traveling, writing, journalism, reading books, music, and literature.

Email Me: naren.raule@gmail.com
Contact: ( +977 ) 9851005756

Facebook X (Twitter) Instagram YouTube WhatsApp
Narendra Raule
Facebook WhatsApp Instagram YouTube
© Narendra Raule . Website by Krishna Thapa.

Type above and press Enter to search. Press Esc to cancel.