Close Menu
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
नयाँ

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

Facebook X (Twitter) Instagram
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
Facebook YouTube Instagram
Narendra Raule
कला र मनोरञ्जन

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

July 14, 2024
Facebook Email Twitter WhatsApp Copy Link

चलचित्र ‘नोभेम्बर रेन’ को तिमीलाई के भनौँ ? गीतमा स्वर भरेका युवराज चौलागाईं गायक मात्र होइनन् नायक जस्ता लाग्छन् । उनले ६० भन्दा बढी चलचित्रका गीतमा स्वर भरिसकेका छन् । तिमीलाई के भनौँ गीतले उनलाई यति चर्चामा ल्यायो कि त्यस वर्ष मात्रै ७ वटा अवार्ड हात पार्न सफल भए । त्यसपछि धेरैवटा चलचित्रका गीतमा काम पाए । 

मार्सलआर्टमा रुचि राख्ने चितवनका युवराज आफ्ना गीतमा आफै मोडलिङ गर्छन् । सानैदेखि गाउन र नाच्नमा रुचि राख्ने उनी यसै क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहन्छन् । संगीतमा झुकावका कारण विभिन्न इन्सिट्च्युटहरु धाए । राम सिटौला र श्यामसुन्दरसँग ६ वर्ष संगीत सिकेका उनी कुनै बेला रातारात हिट हुन चाहन्थे । तर, चर्चा पाउन भनेर अलि समय लाग्यो ।

युवराजले स्वर भरेका तिम्रा डोला डोला हातमा मेहन्दी भरिछौ, लैजा चरी मेरो सन्देश, तिम्रो माया पाउन, लतरपतर, मलमल साडी, नझुक्काऊ, छुटेपछि त, हरेक शब्द, किराना पसल, भो मलाई चाहिन्न, हाम्रो सम्बन्ध, देवतालाई भाकी, पलपल चोट निकै चर्चित गीतहरू हुन् । हालै चन्द्रज्योति आले मगरको शब्दमा पल शाह र अन्जना पुन मगरले अभिनय गरेको उनको नयाँ गीत ‘मैले भन्दा माया’ सार्वजनिक भएको छ । उनै गायक युवराजसँग रातोपाटीका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :


तपाईंलाई गायक भनौँ कि नायक ?

म त खासमा गायक हो नि । म आफूलाई प्लेब्याक र मोर्डन सिंगर भन्न रुचाउँछु । मोडलिङ त मेरो दोस्रो रोजाई हो । आफू चिनिनका र आवश्यकताले मात्र मोडलिङमा लागेको हो ।

गीत संगीतमा लागेर जीवन चलाउन कत्तिको सहज छ ? अन्य पेसा अपनाउनेबारे सोच्नु भएको छ कि ?
मेरो जीविकोपार्जन चलिरहेको छ । म गीत संगीतमै समर्पित भएर लागिरहेको छु । भर्सटाइलका रूपमा काम गर्ने हो भने गाह्रो छैन । रियाज गरेर गायनलाई अगाडि बढाइयो भने कमाई राम्रै हुन्छ । म पैसाका लागि भन्दा आत्मसन्तुष्टिका लागि गीत गाउँछु । पैसालाई म त्यति प्राथमिकतामा राख्दिनँ । यसैबाट करोडौँ पैसा कमाउँछु भन्ने पनि छैन । आफ्नो नाम राख्न र देशको पहिचान बनाउन म सांगीतिक क्षेत्रमा समर्पित छु ।

नेपालमा आयोजना हुने मेला महोत्सव र विभिन्न देशबाट कार्यक्रमका लागि निम्तो आइरहन्छ । यति नै भनेर पारिश्रमिक नतोके पनि कमाई सन्तोषजनक नै छ । संसारभर जहाँ पुगे पनि नेपालीहरूको अपार माया, प्रेम, स्नेह र सम्मान पाइन्छ । पैसाभन्दा त्यो नै मेरा लागि ठुलो कुरा हो ।

गीत, संगीतमा लागेर तपाईं कहाँ–कहाँ घुम्नु भयो ?
नेपालका विभिन्न जिल्लाहरू घुम्ने मौका पाएँ । परदेशमा अमेरिका, युके, अस्ट्रेलिया, हङकङ, संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया लगायतका देश पाइला टेक्ने मौका पाएँ । यी मध्ये संयुक्त अरब इमिरेट्स पाँच पटक र कतार तीन पटक पुग्ने मौका पाएँ । अब छिटै नै फेरी युरोप र युके जाँदैछु ।

सांगीतिक क्षेत्रमा लागेर आफ्नो नाम चम्काई सक्नुभयो । अहिलेसम्म अवार्डहरू के–के पाउनुभयो ?
५६ हजार रुपैयाँ राशिको राष्ट्रिय चलचित्र पुरस्कार (एमएसडिसी) लगायत नेफ्टा अवार्ड, कालिका अवार्ड, विन्ध्यवासिनी अवार्ड, फान अवार्ड, एलजीडीसी अवार्ड, एलजी सिने सर्कल अवार्ड, म्युजिक भिडिओ अवार्ड लगायत अन्य अवार्ड हात पारेको छु ।

तपाईंको आम्दानीको मुख्य स्रोत के हो ?
अचेल एप्पल, अमेजन, आइट्युन्स, टिडल, स्पोटिफाइ, एम्युज लगायतका अनलाइन प्लेटफर्महरूले पारिश्रमिक दिन्छन् । यसबाहेक युट्युब पनि आम्दानीको श्रोत बनेको छ । देश, विदेशमा आयोजना हुने कार्यक्रमहरूबाट प्राप्त हुने पारिश्रमिकले पनि जीवन चलाउन सहज भएको छ । अचेल पहिला जस्तो क्यासेट र सिडीको जमाना छैन । आम्दानीको माध्यम नै डिजिटल प्लेटफर्महरू हुन् ।

डिजिटल प्लेटफर्मले राम्रो पैसा दिइरहेका छन् । कलाकारलाई यसबारे थाहा नभएको हो कि ?
अहिले धेरैजसो कलाकारहरूलाई डिजिटल प्लेटफर्मबारे थाहा छैन । हामीमध्ये धेरैजसोलाई सूचना प्रविधिको ज्ञानमा कमी छ । भएकै डिजिटल प्लेटफर्मको सदुपयोग गरेर हामीले पैसा कमाउन सकिरहेका छैनौँ । यतातिर ध्यान पुर्‍याउन जरुरी छ ।


एउटा म्युजिक भिडिओ तयार पार्न कति खर्च लाग्छ ?

राम्रो अडिओ तयार पार्न १ लाख र राम्रो भिडिओ तयार पार्न कम्तीमा तीन लाख रुपैयाँ खर्च लाग्छ । मैले सबैभन्दा बढी खर्च गरेको भिडिओ मलमल साडी हो । यो तयार पार्न ६ लाख रुपैयाँ खर्च भएको छ ।

फ्यानहरूको म्यासेज कत्तिको आउँछ ? फ्यानसँग डेट जानुभएको छ ?

स्वर मन पराएर प्रशंसा गर्नु, म्यासेज गर्नु, फोन गर्नु सामान्य नै हो । प्रपोजहरु आइरहन्थे । मैले दर्शक श्रोताका रूपमा नै सीमित राखेँ । कसैसँग डेट गइएन । मन पराउने धेरै थिए । तर, मैले सहज रूपमा लिएँ । कसैसँग सम्बन्ध राखिएन ।

तपाईंको भावी योजना के–के छन् ?
त्यस्तो ठुलो योजना केही छैन । लोक प्याटर्न र राम्रा–राम्रा गीत निकाल्ने सोच छ । राष्ट्रिय गीत निकाल्ने, खेलाडीहरूका लागि पनि बेग्लै गीत बनाउने सोच छ । छिटै नै गायिका अनुष्का पाठक र मेरो स्वरमा नयाँ गीत आउँदैछ ।

सहज तरीकाले जीवन जिउनुपर्छ भन्ने मान्यता राख्छु । म मा सरस्वतीले बास गर्नु भएको छ । त्यो सरस्वती भनेको संगीत हो । म सरस्वतीको पूजा गरिरहेको छु । पैसालाई भन्दा कामलाई बढी ध्यान दिइरहेको छु । कर्म गर्दै गयो भने भाग्य आफै चम्किँदै जान्छ भन्ने कुरामा म विश्वस्त छु ।

यो पनि पढ्नुहोस

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

Leave A Reply Cancel Reply

पछिल्ला पोष्टहरु

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

July 14, 2024

पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे

April 25, 2024

कथा सुनाउन संसार चाहर्ने साईग्रेस, जसले बेग्लै ट्रेण्ड बसाले

April 25, 2024
भिडियो

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

एशियाली प्रभावशाली युवामा छनौट भएकी श्रेया गिरी को हुन् ?

ऋषि धमलाको यसरी तारिफ गरिन् एलिजा गौतमले

Just in

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

Narendra Raule

Dear Readers,

Warmly welcome to you in my blog. This is Narendra Raule, a kathmandu based journalist .
I am interested to write in Peace & conflict, Diplomacy, migrant workers, youth, information and technology, environment, life-style and feature stories.
This Blog 'Nepali Highway' is my personal diary, where I can express my feelings, expressions, travelogues, journalistic writings and so on. In other words, it is a reflection of my life.
My hobbies are traveling, writing, journalism, reading books, music, and literature.

Email Me: naren.raule@gmail.com
Contact: ( +977 ) 9851005756

Facebook X (Twitter) Instagram YouTube WhatsApp
Narendra Raule
Facebook WhatsApp Instagram YouTube
© Narendra Raule . Website by Krishna Thapa.

Type above and press Enter to search. Press Esc to cancel.