कमेडियन विक्की अग्रवाल सिक्कीममा जन्मिए । थियटरमा रुची भएका उनी सिक्कीममा शिक्षण पेशा गर्थे । जब तीन वर्ष अगाडी कमेडी च्याम्पियनमा भाग लिन उनी काठमाडौं आईपुगे, जीवनको बाटै फेरियो । कमेडी च्याम्पियन सिजन २ का फस्र्ट रनरअप विक्की अग्रवालले आफ्नो भविष्य नेपालमै उज्वल देखे । नेपाल उनको कर्मथलो बन्यो । कमेडी च्याम्पियनमा छँदा उनको चर्चित डाइलग थियो, ‘आम्मा कस्सम याँ दुख्छ’ । पछि त्यही नाममा उनले टेलिभिजनमा २ सिजन कार्यक्रम नै चलाए । कलाकार श्रद्धा प्रसाईसँग लगनगाँठो कसेका विक्कीलाई नेपाल पटक्कै बिरानो लाग्दैन । साथीभाइ, आफन्त र नेपालीहरुको मायाले घरै जस्तो लाग्न थालिसक्यो । विक्की र श्रद्धा प्रसाईले निर्देशन गरेको पारिवारिक कमेडी शो, कमेडी दरबार छिटै प्रशारण हुदैछ । उनै कमेडियन विक्की अग्रवालसंग नरेन्द्र रौलेले गरेको कुराकानी :
Host : Narendra Raule
Guest : Bikey D Agarwal
Camera : Roshan Pokharel, Yogendra Nagarkoti
Edit : Ratopati