Close Menu
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
नयाँ

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

Facebook X (Twitter) Instagram
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
Facebook YouTube Instagram
Narendra Raule
कला र मनोरञ्जन

पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे

राजु मास्टर
April 25, 2024
Facebook Email Twitter WhatsApp Copy Link

‘सर, अहिले नै भिडियो कुराकानी नगरौँ है,’ रातोपाटीका लागि कुराकानी गर्ने प्रस्ताव राख्दा कलाकार राजु मास्टर सुरुमा पन्छिन खोजे । ‘भिडियो अलि पछि गरौंला अहिले अनलाइनका लागि मात्र छोटो कुराकानी गरौँ न त,’ थापागाउँको एक रेस्टुराँमा बिहानीपख भेटिएका उनलाई यति प्रस्ताव राख्दा पहिलो राउन्डको कफीको कप रित्तिइसकेको थियो ।

अघिल्लो जन्मदिन विशेष रूपमा सेलिब्रेट गरेका राजु मास्टरले यसपालि भने ठुलो कार्यक्रम राखेनन् । अघिल्लो जन्मदिनको हाम्रो भेटघाट उनको सम्झनाबाट हराइसकेको थियो । सम्बन्ध एक पटक रिन्यु गरिसकेपछि बल्ल उनी रातोपाटीका लागि बोल्न राजी भए ।

छेउमै बसेका सञ्चारकर्मी गोपीकृष्ण चापागाँई र श्यामहरि शिवभक्ति भने चुपचाप सुनिरहे । हातको एउटा औँलामा ठेला उठेको देखाउँदै, त्यस पछाडिको कथा सुनाए । चर्चित नेपाली सिरियल ‘जुठे’ र ‘सकस’ का स्थापित कलाकार राजु मास्टर रातोपाटीसँग गफिए । यो बसाइमा कफी भन्दा गफ बढी मीठो थियो ।

तपाईं कस्तो प्रकृतिको व्यक्ति हो ?
म सरल मान्छे हो । ममा अहम् छैन । साना कुरामा मन दुखाउने बानी छैन । कुनै दिन सडकमा भोकै सुत्नु परे पनि ठिकै छ, फाइभ स्टारमा खान पाएको दिन पनि ठिकै छ । कुनै दिन आत्मबल कमजोर बनाएको, दुखी बनेको क्षण छैन । एकसरो लुगा लगाउन पाए पुग्यो ।

‘राजु मास्टर’ नाम कसले न्वारन गर्नुभयो ?
आदरणीय दाइ केदार घिमिरे, सीताराम कट्टेल र मिडिया हबको हात छ । केदार दाइले त २०६३ मा मेरो नाम जन्माउनु भएकै हो । नाम न्वारनबाहेक उहाँले लेख्न पनि सिकाउनु भएको हो । हाम्रो एकै दिन जन्मदिन पनि हो ।

स्क्रिप्ट लेख्न सजिलो कि अभिनय गर्न ?
स्क्रिप्ट लेख्न धेरै गाह्रो । लेख्ने कुरा सजिलो हुने थियो भने कलाकार जति सबै निर्देशक हुन्थे । लेख्ने मानिस पाँच जना हुन्छन् भने अभिनय गर्ने ५ हजार हुन्छन् । यो कन्फर्म हो । क्रियसन भन्ने बित्तिकै गाह्रो पाटो हो ।

जीवनकै पहिलो कमाइ सम्झिँदाको मजा कसरी साट्नुहुन्छ ?
मेरी बास्सैमा खेल्दा ३ सय रुपैयाँ कमाएको थिएँ । कलाकार बन्छु भनेर बुम समाउन खोज्दा ३ सय पाएको थिएँ । त्यसमा २ सय रुपैयाँ गोजीबाट थपेर साथीहरूलाई भोज खुवाएँ । अस्ति भर्खर जस्तो लाग्छ । १७ वर्ष बितिसक्यो, तैपनि १७ मिनेट जस्तै लाग्छ । मैले जीवनलाई भरपुर रमाइलो गरी बिताएको छु ।

करिअरकै कुनै एक फ्यानसँगको अविस्मरणीय पल सम्झिनुहुन्छ ?
त्यो त एक जना भन्न मिल्दैन । थुप्रै सम्झनाहरू हुन्छन् ।

अहिले तपाईंको मासिक आम्दानी कति छ, खर्च कति हुन्छ ?
छोरीको उमेर र छोराको आम्दानी नसोध्नु भन्छन् । कमाई भनेको जिन्दगी चलाउने माध्यम मात्र हो । कमाई सम्झिएर काम गर्न थालियो भने दिमाग साँघुरिन्छ । खुला दिमागले काम गर्न बिन्दास पाराले जीवन जिउन सकिँदैन । २ सय ५० रुपैयाँको जुत्ता लगाउन पाउँदा पनि खुसी हुन्छु, खाली खुट्टा हिँड्नु परे पनि खुसी नै हुन्छु ।

जीवनको खुसी पैसामा छ कि पहिचानमा ?
खुसी पहिचानमै हुन्छ । आफ्नो पहिचान आफ्नो ठाउँमा छ । वास्तवमा खुसी हुनका लागि पैसा पनि चाहिँदैन, पहिचान पनि चाहिँदैन । तपाईं खुसी हुने हो भने पहिला आफू को हो भनेर चिन्नुपर्‍यो । आफू हुनुमा सन्तुष्टि मिलेको छ कि छैन ? तपाईं आफैमा सन्तुष्ट हुनुहुन्छ भने तपाईं साँच्चिकै खुसी हो । घर, बंगला, गाडी, पैसा, पहिचान भएर पनि दुःखी हुनुहुन्छ भने के अर्थ ?

जति जीवन बाँचेको छु, एकदमै खुसी छु ।

चलचित्र बनाउने योजना छ ?
अलि समय लाग्ला । अझै माझिएको छैन जस्तो महसुस भएको छ ।

कुनै फ्यानले विवाहको प्रस्ताव राखेका छन् ?
मेरो दुईवटा बाबु छन् । विवाहित व्यक्तिलाई फेरी कसले प्रस्ताव राख्छ र ? घरमा बुढी भएको मानिसलाई प्रेम प्रस्ताव पनि कहाँ आउँछ ? मनभित्र होला, बाहिर व्यक्त कसैले गर्दैनन् । पहिला मन पराउनेहरू थिए । स्कुलमा नाटक खेलिन्थ्यो । खाजा खाँदाखाँदै त्यो छोडेर नाटक हेर्न आउँथे । मेरो ह्यान्डराइटिङ चाहिँ सबैभन्दा नराम्रो थियो । नराम्रो ह्यान्डराइटिङमा गिनिज बुकमा नाम लेखाउन सफल हुन्छु होला जस्तो लाग्छ ।

कलाकारितामा धेरै जोडीहरू पछि गएर छुटेका छन् । राजु मास्टर र बल्छी धुब्रेले मह जोडी जस्तै बलियो बन्न खोजेको हो ?
जे काम हामी गरिरहेका छौँ, त्यही नै आधार हो । हामी १५ वर्षदेखि सँगै छौँ । एक अर्काप्रति विश्वास छ । हामी मजबुत छौँ । छुट्टिएका छैनौँ । र, छुट्टिँदैनौँ पनि ।

विवाह आफ्नो हातमा हुन्छ कि हुँदैन ?
जन्म, मृत्यु र विवाह आफ्नो हातमा कहिल्यै हुँदैन । आफूले चाहेर मात्र विवाह हुने होइन । कसैको डिभोर्स किन हुन्छ त ? विवाह गर्न, सँगै बस्न त दुवैले चाहेको हुन्छ नि । तैपनि डिभोर्स हुन्छ । जति सँगै बस्न लेखेको हुन्छ, तपाईं त्यति नै बस्नुहुन्छ । यी तीन वटै कुरा आफ्नो हातमा हुँदैनन् ।

यो पनि पढ्नुहोस

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

Leave A Reply Cancel Reply

पछिल्ला पोष्टहरु

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

July 14, 2024

पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे

April 25, 2024

कथा सुनाउन संसार चाहर्ने साईग्रेस, जसले बेग्लै ट्रेण्ड बसाले

April 25, 2024
भिडियो

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

एशियाली प्रभावशाली युवामा छनौट भएकी श्रेया गिरी को हुन् ?

ऋषि धमलाको यसरी तारिफ गरिन् एलिजा गौतमले

Just in

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

Narendra Raule

Dear Readers,

Warmly welcome to you in my blog. This is Narendra Raule, a kathmandu based journalist .
I am interested to write in Peace & conflict, Diplomacy, migrant workers, youth, information and technology, environment, life-style and feature stories.
This Blog 'Nepali Highway' is my personal diary, where I can express my feelings, expressions, travelogues, journalistic writings and so on. In other words, it is a reflection of my life.
My hobbies are traveling, writing, journalism, reading books, music, and literature.

Email Me: naren.raule@gmail.com
Contact: ( +977 ) 9851005756

Facebook X (Twitter) Instagram YouTube WhatsApp
Narendra Raule
Facebook WhatsApp Instagram YouTube
© Narendra Raule . Website by Krishna Thapa.

Type above and press Enter to search. Press Esc to cancel.