Close Menu
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
नयाँ

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

Facebook X (Twitter) Instagram
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
Facebook YouTube Instagram
Narendra Raule
ब्लग

शेर्पा भरियादेखि हलिउडसम्म

September 2, 2016
Facebook Email Twitter WhatsApp Copy Link

टाफ्टिङ–१, सोलुखुम्बुमा जन्मिएका आङ्फुला शेर्पा हिजोका दिनमा भरिया मात्र थिए । कुनै बेला उनी हिमाली जिल्लाहरूमा पर्यटकहरूको भारी बोक्थे । आफ्नो किशोर अवस्थामा भरिया बनेर धेरै वर्ष बिताएका शेर्पालाई स्थानीय बासिन्दाहरूले समेत खासै चिन्दैनथे । समयले ठूलो कोल्टे फेरेको छ । यतिबेला उनले आफ्नो परिचय मजबुत बनाइसकेका छन् ।

नेपालमा खासै चर्चा नभएको तर विदेशका हलहरूमा व्यापक लोकप्रियता हासिल गरेको हलिउड चलचित्र हो— एभरेस्ट । आङ्फुला शेर्पाले यो चलचित्रमा अभिनय गर्ने अवसर पाएका छन् । आठ जना विदेशी प्रोड्युसरले संयुक्त रूपमा निर्माण गरेको यो चलचित्रमा शेर्पाले आङदोर्जी शेर्पाको भूमिका खेलेका छन् । वास्तविक घटनामा आधारित एभरेस्ट एक साताअघिसम्म संसारका ४ हजार ८ सयवटा हलमा प्रदर्शन भैरहेको थियो । यसको प्रिमियर गर्न शेर्पा स्वयं अमेरिका, बेलायत, युरोप, चीन, बंगलादेश, जापान, अस्ट्रेलिया आदि देश पुगेका थिए । ‘विदेशी दर्शकहरूले खुब मन पराएका छन् ।’ हालैको एक भेटमा उनले सुनाए, ‘एकदमै खुसी लागिरहेको छ । यो चलचित्र विदेशीहरूका लागि ठूलो चासोको विषय बनिरहेको छ ।’ बरु स्वदेशमा यसको त्यति प्रचारप्रसार नहुँदा उनलाई नरमाइलो लागिरहेको छ ।

चलचित्र एभरेष्टले नेपालको पर्यटनलाई टेवा पुर्‍याउन ठूलो मद्दत गरेको छ । कतिलाई त नेपाल भन्ने देश छ भन्ने पनि थाहा थिएन । पछिल्लो समय इटाली, फ्रान्स, जर्मनी, डेनमार्क, बेलायत पुगेका शेर्पाले त्यहाँ पनि नेपालको पर्यटनका सम्बन्धमा प्रचारप्रसार गरेका थिए । ‘पर्यटन क्षेत्रमा यहाँ ठूलो सम्भावना छ ।’ उनी भन्छन्, ‘राजनीतिक अस्थिरता नहुने हो भने यहाँको व्यापार–व्यवसाय निकै फस्टाउँछ ।’ भूकम्पपछि नेपालको पर्वतारोहण खतरामा छ भन्ने सन्देश संसारभर फैलिएको थियो । विदेशी मिडिया, पर्यटकमार्फत फैलिएको त्यस्तो भ्रम मेटाउन यो चलचित्रले ठूलो भूमिका खेलेको छ । ‘हिमाल चढ्नु आफंैमा साहसिक काम हो ।’ शेर्पाले प्रस्ट्याए ‘यो काम चुनौतीपूर्ण हुन्छ ।’

बेलायत र अमेरिकाका सार्वजनिक बसहरूमा एभरेस्टको ब्यानरमा आङफुला शेर्पाको तस्बिर देख्न सकिन्छ । यो चलचित्र रिलिज भएपछि शेर्पाले हजारौं प्रतिक्रिया पाए । उनी जहाँजहाँ पुग्थे, नेपाली भएकोमा गौरव गर्नेहरू थुप्रै भेटिन्थे । हिजो उनलाई नचिन्नेहरू एकदमै राम्रो काम गरिछस् भन्छन् । ‘परिवार, मिडिया, साथीभाइ सबैको साथले यहाँ पुगियो ।’ शेर्पा भन्छन्, ‘सबैको सहयोग मिलेन भने जीवनमा अघि बढ्न सकिँदैन ।’

ठमेलस्थित पिक प्रमोसनसँग आबद्ध शेर्पा टुर गाइड पनि हुन् । अहिलेसम्म यात्रा गरेकामध्ये अमेरिका र बेलायतको यात्रा आङ्फुलाका लागि यादगार छन् । तीन पटक सगरमाथा चढेका शेर्पा वैशाखमा आएको भूकम्पका बेला सगरमाथाको चौथो शिविर चढ्दै थिए । त्यही बेला १८ जना मरेको दृश्य उनकै आँखाले देखे । ८५ जना गम्भीर घाइते भए । टेन्ट, सामान, ज्याकेट केही बचेन । हिम पहिरो खसेको खस्यै थियो । उनी आधार शिबिर नै फर्किए । आठ दिनसम्म त्यहीं बसेर पर्यटकहरूको सेवा गरेका आङफुला पछि हेलिकप्टर चढेर राजधानी फर्किए । उनको अनुभवमा हिमाल आरोहणका क्रममा कतिबेला मरिन्छ, पत्तो हुँदैन । सुरुमा हिमाल चढ्दा उनमा उत्सुकता थियो, डर थिएन । जसरी हुन्छ चढ्नुपर्छ भन्ने लाग्थ्यो । हिमालका सम्बन्धमा उनले गरेको रिपोर्टिङ बीबीसी, सीएनएन तथा नेसनल जोग्राफी च्यानलहरूबाट प्रसारण भैसकेको छ । एनटिभीमा पनि स्पेसल रिपोर्टहरू प्रसारण भैसकेका छन् । अहिले पनि एनटिभीका लागि हिमालसम्बन्धी रिपोर्टिङ उनैले गर्छन् । नेपाल पर्वतारोहण संघबाट पर्वतारोहणसम्बन्धी तालिम लिएका उनले रविभवनस्थित नाथमबाट पनि ट्ेरकिङ गाइडको तालिम लिएका छन् ।

आङ्फुला फुर्सदमा पत्रपत्रिका पढ्छन्, फेसबुक चलाउँछन् । नेपाली खाना, शेर्पा समुदायको रिल्दुक र विदेशी परिकारहरू उनलाई विशेष मन पर्छन् । शेर्पा रमाइलो स्वभावका व्यक्ति हुन् । गाउँको कुनाकन्दरामा जन्मिए पनि सहरका दोहोरी साँझहरू चहारेर गीत–संगीतमा रमाउँछन् उनी । हलमा गएर चलचित्र हेर्ने उनको बानी त्यति छैन । बरु मन लागेका चलचित्रहरू ल्यापटपमै हेर्छन् ।

चार वर्षअघि सुजुकी ब्रान्डको आई–२० किनेका शेर्पा त्यही गाडीमा हुइँकिन्छन् । २६ लाख रुपैयाँ तिरेर किनेको यो पहिलो गाडी भए पनि बाइक भने १० वटा फेरे । १६ सय पर्ने साइकलदेखि ३ लाख रुपैयाँ पर्ने अमेरिकन ब्रान्डको युएम बाइक चढेका शेर्पा नेपालका सडकदेखि दिक्क छन् । सडकमा परेका खाल्डाखुल्डी, कच्ची बाटोघाटो देख्यो कि रिस उठिहाल्छ । ‘सरकार के हेरेर बसेको छ ?’ उनले रिस पोखे, ‘जनताले तिरेको कर कहाँ जान्छ ?’ २८ हजार पर्ने सुन्तो भिक्टर ब्रान्डको घडी पहिरेका शेर्पा माउन्टेन हार्ड ब्रान्डका पहिरन खरिद गर्छन् । यो ब्रान्डका पहिरन महँगो भए पनि गुणस्तरीय हुने उनको अनुभव छ । प्राय: सर्ट र पाइन्टमा देखा पर्ने आङफुला ग्याजेट्सका सोखिन हुन् । विदेश गयो कि नयाँ–नयाँ ग्याजेट्स किनिहाल्छन् । आईफोन–५ चलाउने शेर्पाले आईफोन–६ भने त्यति रुचाएनन् । अहिले ६ प्लस अर्डर गरेका छन् । ग्याजेट्स र खानपिनमा उनको विशेष सोख छ । एप्पलको आईप्याड र ल्यापटप चलाउने शेर्पा अनलाइनमै समाचार पढ्छन् ।

यो पनि पढ्नुहोस

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे

Leave A Reply Cancel Reply

पछिल्ला पोष्टहरु

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

July 14, 2024

पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे

April 25, 2024

कथा सुनाउन संसार चाहर्ने साईग्रेस, जसले बेग्लै ट्रेण्ड बसाले

April 25, 2024
भिडियो

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

एशियाली प्रभावशाली युवामा छनौट भएकी श्रेया गिरी को हुन् ?

ऋषि धमलाको यसरी तारिफ गरिन् एलिजा गौतमले

Just in

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

Narendra Raule

Dear Readers,

Warmly welcome to you in my blog. This is Narendra Raule, a kathmandu based journalist .
I am interested to write in Peace & conflict, Diplomacy, migrant workers, youth, information and technology, environment, life-style and feature stories.
This Blog 'Nepali Highway' is my personal diary, where I can express my feelings, expressions, travelogues, journalistic writings and so on. In other words, it is a reflection of my life.
My hobbies are traveling, writing, journalism, reading books, music, and literature.

Email Me: naren.raule@gmail.com
Contact: ( +977 ) 9851005756

Facebook X (Twitter) Instagram YouTube WhatsApp
Narendra Raule
Facebook WhatsApp Instagram YouTube
© Narendra Raule . Website by Krishna Thapa.

Type above and press Enter to search. Press Esc to cancel.