Close Menu
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
नयाँ

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

Facebook X (Twitter) Instagram
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
Facebook YouTube Instagram
Narendra Raule
ब्लग

प्रेमबाट म टाढा छु

March 2, 2019
Facebook Email Twitter WhatsApp Copy Link

युट्युब र फेसबुक चलाएकै भरमा दीन–दुःखी र पीडितहरूलाई करोडौं रकम सहयोग जुटाउन सफल व्यक्ति हुन्– भाग्य न्यौपाने । शिवसताक्षी–२, झापाका न्यौपानेले सन् २०१७ फेब्रुअरी ३ देखि युट्युबमा तात्तातो खबर सञ्चालन गरेका थिए । त्यसको एक वर्षपछि उनले आफ्नै नाम (भाग्य न्यौपाने) मार्फत अर्को च्यानल पनि चलाइरहेका छन् । आफ्नो च्यानलमा नयाँ–नयाँ प्रतिभाहरूलाई स्थान दिइरहेका न्यौपानेसँग नरेन्द्र रौलेको संवाद  :

तात्तातो खबर कत्तिको तातेको छ ?

३७ डिग्रीजति । सेलाउनु पनि त भएन नि ।

तपाईंको लोकप्रियता बढे पनि गेटअपमा त्यति ध्यान दिनुहुन्न, किन ?

सादा खाना नै मीठो, मलाई साधारण पोसाक लगाएरै फरक काम गर्न मन लाग्छ । मुख्य कुरा काम फरक हुनुपर्छ । त्यही भएर म गेटअपमा त्यति ध्यान दिन्नँ ।

फेसबुकमा खुब सक्रिय हुनुहुन्छ, फेसबुकबिना त बस्नै सक्नुहुन्न रै’छ ?

कोही पीडित नेपाली देखें भने, कि मेरो फेसबुक लाइभ खुल्छ कि मेरो माइक खुल्छ ।

 

खाना र निद्राको टुंगो छैन, किन यसरी दौडधूप गरिरहनुभएको छ ?

यो दौडधूप आत्मसन्तुष्टिका लागि हो । एक छाक खाना नखाए पनि बाँच्न सकिन्छ । म अरूको जीवन बचाउनका लागि दौडधूप गरिरहेको छु ।

युट्युबबाट खुब पैसा कमाउनुहुन्छ भन्ने हल्ला छ, खास के हो ?

युट्युबबाट अहिलेसम्म ३ लाख रुपैयाँ कमाएँ हुँला । तात्तातो खबरबाट मासिक रूपमा बढीमा २ हजार डलर (२ लाख रुपैयाँ) आम्दानी हुन्छ । खर्च पनि त्यही अनुसार छ । बचेको पैसा दुःखी–पीडितहरूलाई बाँड्दैमा सकिन्छ ।

तपाईंले चालेको अभियानअन्तर्गत अहिलेसम्म दुःखी–पीडितहरूका लागि करोडौं रकम उठ्यो । यो कसरी सम्भव भयो ? 

यो हामीबाट सम्भव भएको हो, मबाट होइन । हामी अर्थात् सबै नेपाली, म एक्लैले ५ रुपैयाँ पनि उठाउन सक्दिन ।

अहिलेसम्म किनेका मध्ये सबैभन्दा महँगो सामान ? 

ल्यापटप (२ लाख २५ हजार रुपैयाँ) र पल्सर बाइक (३ लाख रुपैयाँ) ।

तपाईंलाई आएको महँगो उपहार ?

औंठी, अर्को दर्शकहरूको अपार माया, जुन कसैले किन्न सक्दैन ।

तपाईंसँग नाम छ, दाम छ । छोरी दिनेहरूको त लर्को होला है ?

त्यस्तो केही छैन ।

उमेरले कति पुग्नुभयो ?

२५–२६ पुगें हुँला ।

उमेर त भएछ । विवाह गर्ने कुरा सोच्नुभएको छैन ?

प्रेममा त छैन, विवाहका बारेमा त झन् सोचेको पनि छैन ।

प्रेमबाट किन टाढा ?

म प्रेमबाट टाढा छैन, वरिपरि नै छु । अरूको प्रेमलाई हेरिरहेको छु, अब त्यस विषयमा पनि सोचौंला ।

तपाईं सााँच्चै एक्लो हो र ?

हैन, म एक्लै कहाँ छु र ? दर्शकहरू पनि हुनुहुन्छ ।

मैले व्यक्तिगत जीवनमा भन्न खोजेको ?

अहिले एक्लै छु । कसैलाई मनमा राखेको छैन । प्रेम, मबाट टाढा छ ।

युट्युबमा भिडियो बनाउने बाहेक अरू कुन–कुन कुरामा रुचि छ ?

घुम्ने, चलचित्र हेर्ने, नौला मानिससँग फरक कुरा गर्ने ।

तपाईंका बारेमा कुनै सेक्रेट कुरा ? 

म राम्रो सेफ पनि हुँ, मीठा–मीठा परिकार बनाउँछु । विशेष गरी शाकाहारी परिकार मीठो बनाउँछु । मैले मलेसियाको एसियन कुलिनरी आर्ट कलेजमा होटल म्यानेजमेन्ट पढेको हुँ ।

यो पनि पढ्नुहोस

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे

Leave A Reply Cancel Reply

पछिल्ला पोष्टहरु

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

July 14, 2024

पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे

April 25, 2024

कथा सुनाउन संसार चाहर्ने साईग्रेस, जसले बेग्लै ट्रेण्ड बसाले

April 25, 2024
भिडियो

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

एशियाली प्रभावशाली युवामा छनौट भएकी श्रेया गिरी को हुन् ?

ऋषि धमलाको यसरी तारिफ गरिन् एलिजा गौतमले

Just in

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

Narendra Raule

Dear Readers,

Warmly welcome to you in my blog. This is Narendra Raule, a kathmandu based journalist .
I am interested to write in Peace & conflict, Diplomacy, migrant workers, youth, information and technology, environment, life-style and feature stories.
This Blog 'Nepali Highway' is my personal diary, where I can express my feelings, expressions, travelogues, journalistic writings and so on. In other words, it is a reflection of my life.
My hobbies are traveling, writing, journalism, reading books, music, and literature.

Email Me: naren.raule@gmail.com
Contact: ( +977 ) 9851005756

Facebook X (Twitter) Instagram YouTube WhatsApp
Narendra Raule
Facebook WhatsApp Instagram YouTube
© Narendra Raule . Website by Krishna Thapa.

Type above and press Enter to search. Press Esc to cancel.