Close Menu
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
नयाँ

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

Facebook X (Twitter) Instagram
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
Facebook YouTube Instagram
Narendra Raule
ब्लग

नेपाल आफैंमा महाकाव्य हो

January 1, 2017
Facebook Email Twitter WhatsApp Copy Link

२४ वर्षदेखि रेडियो नेपालसँग आबद्ध डा. नवराज लम्साल कवि, गीतकार तथा सञ्चारकर्मीका रूपमा परिचित छन् । मुलुकका ७३ जिल्ला घुमिसकेका लम्सालका ३ सयभन्दा बढी गीत रेकर्ड भैसकेका छन् । लम्सालका दुई कविता–संग्रह (पाइलैपिच्छे सगरमाथा, आगो छोपेर कतिन्जेल), धुनभित्र धुनबाहिर (गीत–संग्रह), उडौं–उडौं लाग्छ (बालगीत–संग्रह) प्रकाशित छन् । उनको धरा महाकाव्य हालै बजारमा आएको छ । लम्सालसँग नरेन्द्र रौलेले गरेको कुराकानी :  

 

‘धरा’ कुन विषयमा केन्द्रित छ ?

मैले जीवनमा कमाएको ज्ञान, अनुभव एवं शिक्षाको त्रिवेणी हो— धरा । एकीकृत रूपमा हेर्दा यो इतिहास, भूगोल र संस्कृतिको संगम पनि हो । यसमा मेरो दस वर्षको मेहनत छ । बहुसंख्यक नागरिकले यसभित्र आफूलाई फेला पार्न सक्छन् । समग्र मुलुक घुम्दा मैले देखेको भूगोल, जात–जाति, संवेदना एवं इतिहास यसमा समेट्ने प्रयास गरेको छु ।

 

‘धरा’को जन्म कसरी भयो ?

धरा छापिनुअघि पुस्तक लेख्ने, कवि बन्ने मेरो रहर पूरा भैसकेको थियो । अब साँच्चिकै केही विशेष लेख्छु भन्ने थियो । मैले देश लेख्ने अठोट लिएँ । मुलुकका कुना–कन्दरा घुम्दै जाँदा यसैमा ध्यान लगाएँ । एक दशकको मेहनतपछि बल्ल मेरो सपना पूरा भयो । धरामा देश समृद्ध हुने योजना पनि छ ।

 

७३ जिल्ला घुम्दा कस्तो अनुभव बटुल्नुभयो ?

हाम्रो देश आफैंमा महाकाव्य लाग्यो । जता फर्केर हेर्‍यो, त्यतै महाकाव्य देखें । मैले त त्यसको केही अंश मात्र टिपेको हुँ । लेख्न बाँकी अझैं अथाह विषयवस्तु छन् । कला, साहित्य, भाषा, संस्कृति सबै कुरामा हाम्रो देश भरिपूर्ण छ ।

 

गीत र कविता दुवैमा उत्तिकै कलम चलाउनुहुन्छ । यी दुईबीच के भिन्नता छ ?

गीत ह्दयको कुरा हो भने कविता मस्तिष्कको । ह्दय हाबी भयो भने गीत जन्मिन्छ, मस्तिष्क हाबी भयो भने कविता ।

 

रेडियो नेपालमा कसरी प्रवेश गर्नुभयो ?

२०५० सालमा रेडियो नेपालले पाँचैवटा विकास क्षेत्रमा क्षेत्रीय प्रसारण सुरु गर्‍यो । त्यो बेला आवेदन मागेको थियो । म प्रतिस्पर्धामा सामेल भएँ र कार्यक्रम सञ्चालकका रूपमा छनौट भएर सुरुका तीन वर्ष सुर्खेत बसें । हाल कार्यक्रम महाशाखा प्रमुखका रुपमा कार्यरत छु ।

 

कस्ता खाले पुस्तक पढ्न मन पराउनुहुन्छ ?

दार्शनिक र आध्यात्मिक चेतना जगाउने खालका, जुन पुस्तक जीवनमा काम लागोस् । जस्तो कि स्वामी विवेकानन्दका पुस्तक र कालिदासका महाकाव्यहरू । माधवी, प्रेम पिण्ड र यो प्रेम मेरा प्रिय पुस्तक हुन् ।

 

तपाईंका प्रिय लेखक ?

 

 

बीपी कोइराला, पारिजात, इन्द्रबहादुर राई तथा भूपी शेरचन ।

 

तपाईंले दोहोर्‍याएर पढेको पुस्तक ?

श्रीमद्भागवत पुराण, राहुल सांकृत्यायनको दर्शन दिग्दर्शन, माधवी र महाभारत यस्तै तीन–चार पटक दोहोर्‍याएर पढियो । महाभारतमै टेकेर मैले कर्ण महाकाव्य लेखें । स्कुल पढ्दा गौरी र मुनामदन दस पटक भन्दा बढी दोहोर्‍याइयो होला ।

 

पुस्तक पढिरहँदा कुनै पात्रसँग प्रेममा पर्नुभयो ?

माधवीको गालव र महाभारतको कर्णसँग । मेरा लागी संसारकै सबैभन्दा प्रिय पात्र हो, कर्ण । म आफूलाई कर्णजस्तै मान्छु । कर्णलाई जन्मनेबित्तिकै खोलामा फालियो । उनी द्रोणाचार्यकहाँ पढ्न गए तर पढ्न पाएनन् । अर्जुनलाई सर्वश्रेष्ठ धनुर्धर घोषित गर्दा उनले प्रतिस्पर्धामै भाग लिन पाएनन् । अन्त्यमा छल गरेर उनलाई मारियो ।

 

अरूलाई कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?

धार्मिक आँखाले होइन, ज्ञानको आँखाले हेर्दा, वेद पढ्नैपर्ने पुस्तक हो । त्यस्तै महाभारत छुटाउन नहुने पुस्तकमा पर्छ । इतिहास नबुझी वर्तमान बुझिँदैन, जसका लागि बाबुराम आचार्य र बालचन्द्र शर्माका पुस्तकहरू पढ्नुपर्छ ।

 

यो पनि पढ्नुहोस

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे

Leave A Reply Cancel Reply

पछिल्ला पोष्टहरु

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

July 14, 2024

पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे

April 25, 2024

कथा सुनाउन संसार चाहर्ने साईग्रेस, जसले बेग्लै ट्रेण्ड बसाले

April 25, 2024
भिडियो

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

एशियाली प्रभावशाली युवामा छनौट भएकी श्रेया गिरी को हुन् ?

ऋषि धमलाको यसरी तारिफ गरिन् एलिजा गौतमले

Just in

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

Narendra Raule

Dear Readers,

Warmly welcome to you in my blog. This is Narendra Raule, a kathmandu based journalist .
I am interested to write in Peace & conflict, Diplomacy, migrant workers, youth, information and technology, environment, life-style and feature stories.
This Blog 'Nepali Highway' is my personal diary, where I can express my feelings, expressions, travelogues, journalistic writings and so on. In other words, it is a reflection of my life.
My hobbies are traveling, writing, journalism, reading books, music, and literature.

Email Me: naren.raule@gmail.com
Contact: ( +977 ) 9851005756

Facebook X (Twitter) Instagram YouTube WhatsApp
Narendra Raule
Facebook WhatsApp Instagram YouTube
© Narendra Raule . Website by Krishna Thapa.

Type above and press Enter to search. Press Esc to cancel.