Close Menu
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
नयाँ

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

Facebook X (Twitter) Instagram
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
Facebook YouTube Instagram
Narendra Raule
कला र मनोरञ्जन

‘भगवानले व्रत नबस पो भनेको हो कि ?’ – शर्मिला मल्ल

April 25, 2016
Facebook Email Twitter WhatsApp Copy Link

तीजले झपक्कै छोपिसकेको छ। महिनौंदेखी टेलिभिजन र एफएम रेडियोमा तीजका गीतहरू घन्किन थालिसकेका छन्। टोलटोलका तीज कायर् क्रमहरूमा झिलिमिली देखिन्छ। रातो पहिरन, हरिया चुरा र गरगहनामा सजिएका थुप्रै नारी दिल खोलेर नाचगानमा डुबेका छन्। नेपाली नारीहरूको महान् चाड तीज बडादसैंभन्दा ठूलो चाड मानिन्छ। विवाहित नारीहरू आफ्ना श्रीमान्को दीर्घायुका लागि र अविवाहितहरू राम्रो श्रीमान् पाऊँ भनेर व्रत लिन्छन्, तर यो भीडमा केही यस्ता नारी पनि छन् जो व्रत लिँदैनन्। मनमनै श्रीमान्को दीर्घायु, प्रगति एवं सुख-समृद्धिको कामना गर्छन्। झन्डै ६० वटा चलचित्रमा अभिनय गरिसकेकी नायिका शर्मिला मल्ल व्रत नबस्ने महिलामध्ये एक हुन्। उनी भोकभोकै व्रत लिनु त्यति उचित नहुने धारणा राख्छिन्। कुनै काम गर्दा मन र आत्मैदेखि गर्नुपर्छ भन्ने सोच छ मल्लको। तीजको सेरोफेरोमा शर्मिला मल्लसँग साप्ताहिककानरेन्द्र रौलेको जम्काभेटः

तीजले कत्तिको छोएको छ ?

सबैलाई तीज लागिसक्यो, मलाई भने यसको छोएकै छैन। नातेदार तथा साथीभाइहरूले बोलाउन थालिसके, तर खै किन हो, तीज आएको महसुस नै भएको छैन। हुन त यो मेरो व्यक्तिगत कुरा हो।

भनेपछि तीज मनाउने त्यति जाँगर छैन ?

मनाउन त मनाउने। फुपू, मामाका छोरी एवं आफन्तहरूलाई घरमै बोलाउने, असोज १ गते दर खाँदै रमाइलो गर्ने सोच छ। तीजका केही कार्यक्रममा पनि जान्छु होला।

तीजमा व्रत लिनुहुन्न, किन होला ?

जब म व्रत बस्छु, एकदमै भोक लाग्छ। केही खाऊँखाऊँ लाग्छ। भगवानले व्रत नबस पो भनेको हो कि जस्तो लाग्छ। सुरुसुरुमा त तीजमा व्रत नबस्दा श्रीमान् रिसाउनु पो हुन्छ कि भन्ने लाग्थ्यो। मैले उहाँसँग सोधें, सकिएन भने नबस न त भन्नुभयो। त्यसपछि ढुक्क भएँ। मैले व्रत बस्न छाडेको दुई वर्ष भयो। फेरि ईश्वर मान्ने कि नमान्ने भन्ने कुरा आफ्नो आस्था र विश्वासको कुरा न हो। जुन कुरा आफ्नो आत्माबाटै महसुस हुँदैन, त्यो कुरा किन गर्ने ?

जीवनमा पहिले कसैका लागि व्रत बस्नुभयो ?

स्कुल, कलेजमा पढ्दा बसें, भाउजूको लहलहैमा लागेर। त्यो जानेर बुझेर गरिएको काम थिएन। अरू राम्रो पति पाऊँ भनेर व्रत लिन्थे, मचाहिँ देखासिकीमा बसेकी थिएँ। म १५ वर्षकै उमेरमा विवाह-बन्धनमा बाँधिएँ। राम्रो पति पाऊँ भन्ने कुरा मैले सोच्नै परेन।

महिलाहरू व्रत बस्दा पुरुषलाई फाइदा पुग्छ होला ?

विश्वासको कुरा न हो। भगवान छन् कि छैनन्, कसलाई थाहा ? सबैको आ-आफ्नो विचार होला। व्रत बस्ने कुरा फाइदा, बेफाइदाभन्दा पनि भावनाको कुरा हो। यसले पुरुषलाई भन्दा महिलालाई नै फाइदा पुग्छ जस्तो लाग्छ।

भड्किलो तीज मनाउनेहरूलाई के भन्नुहुन्छ ?

यो नकारात्मक प्रवृत्ति हो। चाड मन र आत्माले मनाउनुपर्ने हो तर यहाँ त भौतिक प्रतिस्पर्धा भैरहेको छ। अरूको लहलहैमा लाग्नु हुँदैन। महँगा गहना, पहिरन लगाउने यस्तो प्रतिस्पर्धा उचित होइन। कतिले अरूको मागेर फेसन गर्छन्। यो त केवल ढोंग हो, पाप हो। कसैको कुभलो नचिताउनु नै सच्चा व्रत हो।

यो पनि पढ्नुहोस

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

Leave A Reply Cancel Reply

पछिल्ला पोष्टहरु

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

July 14, 2024

पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे

April 25, 2024

कथा सुनाउन संसार चाहर्ने साईग्रेस, जसले बेग्लै ट्रेण्ड बसाले

April 25, 2024
भिडियो

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

एशियाली प्रभावशाली युवामा छनौट भएकी श्रेया गिरी को हुन् ?

ऋषि धमलाको यसरी तारिफ गरिन् एलिजा गौतमले

Just in

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

Narendra Raule

Dear Readers,

Warmly welcome to you in my blog. This is Narendra Raule, a kathmandu based journalist .
I am interested to write in Peace & conflict, Diplomacy, migrant workers, youth, information and technology, environment, life-style and feature stories.
This Blog 'Nepali Highway' is my personal diary, where I can express my feelings, expressions, travelogues, journalistic writings and so on. In other words, it is a reflection of my life.
My hobbies are traveling, writing, journalism, reading books, music, and literature.

Email Me: naren.raule@gmail.com
Contact: ( +977 ) 9851005756

Facebook X (Twitter) Instagram YouTube WhatsApp
Narendra Raule
Facebook WhatsApp Instagram YouTube
© Narendra Raule . Website by Krishna Thapa.

Type above and press Enter to search. Press Esc to cancel.