Close Menu
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
नयाँ

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

Facebook X (Twitter) Instagram
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
Facebook YouTube Instagram
Narendra Raule
कला र मनोरञ्जन

नृत्य नै मेरो व्वाइफ्रेण्ड हो – पार्वती राइ (चर्चित नृत्याङ्गना)

August 31, 2015
Facebook Email Twitter WhatsApp Copy Link

‘मलाई त्यती बोल्न भने आउदैन’ हल्का लजाउदै चर्चित नृत्याङ्गना पार्वती राईले कुराकानीको सुरुवात गरिन्, ‘तपाई आफै मिलाएर लेख्दिनुस् है ।’ रातो लुगा र कालो पाइन्टमा टिमिक्क परेकी उनले दुबै कानमा लाम्चा आकारका इयर रिङ पहिरेकी थिईन् । जुन उनलाई अत्यन्तै मनपर्छ । दाया हातको औंलामा एउटा लाम्चो औंठी र बाया हातका औंलाहरुमा घुसारेका दुइवटा औंठीहरुले बेलाबेला ध्यान खिच्थे । गाजलु आखाहरु हेरौंहेरौं लाग्थ्यो । गुलाबि लिपिष्टिक पोतिएका ओठहरु केही बोल्न खोजिरहेका थिए ।

‘वास्तबमा मलाई फरक अन्र्तवार्ता दिन मन थियो’ पार्वतीको सुरिलो आवाज गुञ्जियो, ‘आज त्यो रहर पूरा हुने भयो ।’ नयाबानेश्वरस्थित एउटा क्याफेको कुनोमा उनी आफ्नो संघर्ष, सफलता र जीवनको भित्रि पाटोबारे सुनाउन आतुर थिईन्b1 । यस वर्षमात्रै २७ वटा म्युजिक भिडियोमा अभिनय गरेकी पार्वतीले आमदर्शकहरुको मनमा बेग्लै छाप छोडेकि छिन् । तीन वर्षको अबधिमा उनले नृत्य गरेको म्युजिक भिडियोको संख्या भने साढे दुइ सय कटिसकेको छ ।

हरेक गीतहरुमा फरक नृत्य, अभिनय र बेग्लै स्वाद दिएर दर्शकहरुको पहिलो रोजाइमा पर्न सफल छिन् उनी । कफिको अर्डरपछि उनको पहिरनको सोखकै विषयमा कुराकानी केन्द्रित भयो ।

‘आज घडी लगाउन छुटाएछु ।’ आफ्नै हाततिर नजर लगाउदै पार्वतीले मुख खोलिन्, ‘प्राय मलाई ठूलो साइजको घडी लगाउन मनपर्छ ।’ बिशेषगरी दोहोरी र तीज गीतको म्युजिक भिडियो नृत्यकी ‘हट् केक’ गगल्सकि सौखिन हुन् । कतै निस्कदा उनका आखाहरु गाजलले सजिएकै हुन्छन, ओठहरु लिपिष्टकले पोतिएकै हुन्छन् । कोठामा ८/१० वटा गगल्स छन् । ति मध्ये अधिकांस आफैले किनेका र कतिपय उपहार स्वरुप पाएकी हुन् । बजारमा नया आइटमको गहना आयो कि उनलाई किन्न मन लागिहाल्छ । सुनभन्दा चादीका गहनाप्रति उनको मन बढी लोभिन्छ । उनी घर बाहिर निस्कदा इयर रिङ लगाउन कहिल्यै छुटाउदिनन् । सबैभन्दा बढी मनपरेको गहना भएर होला घरमा इयर रिङकै संख्या बढी छ । तर कति छ, ठ्याक्कै उनलाई याद छैन । थरीथरीका औंठीहरु त्यस्तै १५/२० वटा भएको अनुमान गर्छिन् । त्यसबाहेक आफ्नै कमाईले किनेको सुनको सिक्री, एक जोर चादीको बाला र नेकलेस छ ।

‘कमाएको पैसा सपिङ र मेकअपमै त जान्छ ।’ ब्ल्याक कफिको चुस्किमा पार्वतीका गुलाबी ओठहरु चल्मलाए, ‘तर म बचत पनि गर्छु ।’ एकचोटी सपिङ गर्न जादा २०/३० हजार रुपैंया खर्च हुने गरेको उनले सुनाईन् । टि–सर्ट, पाइन्ट र वानपिस लगाउन सबैभन्दा सजिलो लाग्छ । लेहंगा र झुमरमा उनको मन बसेको छ । दौडधुपको दैनिकी हुनाले सारी, कुर्ता लगाउन उनलाई अफ्ठ्यारो लाग्दो रहेछ । सुरुसुरुमा थाइकट् कपाल मन परेपनि यतिबेला भने रहर फेरिएको छ । उनले लामो कपाल पाल्न रुचाउछिन् । कुराकानी क्रममा रातो मेहन्दिले हाइलाइट् गरिएको लामो कपाल शरीरको अगाडी पट्टी छाडेको खुब सुहाएको देखिन्थ्यो ।

पार्वतीलाई तीन वर्ष अघि म्युजिक भिडियोमा नाच्ने अबसर जुर्यो । राजु गुरुङ र मुना थापा मगरले स्वर भरेको हेर्छौ ओठ टोकीगीतमा उनको पहिलो प्रस्तुतीले आम दर्शकहरुको मन जित्यो । प्रशंसा र वाहवाही पायो । यसैबाट उनको पहिचान बन्यो । यतिबेला हरेक दर्शकहरुका मुखमा झुन्डिएका प्रायजसो लोकदोहोरी र तीज गीतका म्युजिक भिडियोहरुमा पार्वतीलाई देख्न पाईन्छ । ति मध्ये – तिमी राम्रो हासोले, एबिसीडि, कार किनेर ल्याउ मेरो माया, दिलको ढोका खुला, लरक्कै लर्केको कपाल छ, यता पनि हुरुक्कै उता पनि हुरुक्कै उनले अभिनय गरेका केही प्रमुख गीतहरु हुन् । उनको विचारमा एउटा राम्रो म्युजिक भिडियो बन्नुमा मुख्यतया निर्देशकको हात हुन्छ र त्यसपछि कलाकारको अभिनयमा भर पर्छ । गेट अपमा होस्, वा अभिनयमा नयापन दिनुपर्छ भन्ने तर्क उनी अघि सार्छिन् । उनलाई आफ्ना हरेक नाचहरुमा गीतको भाब अनुसार अभिनय गरे जस्तो लाग्छ । हात, मुद्रा र हरेक स्टेपहरुमा स्पष्टता भएकै कारण अरु भन्दा भिन्न देखिएको उनी बताउछिन् ।

पार्वतीलाई कहिलेकाही चाडै दौडिएकि जस्तो लाग्छ । उनले दिनमा कम्तिमा एउटा बढीमा तीनवटा म्युजिक भिडियोमा काम गर्न भ्याएकि छिन् । दुई वर्ष अघि १ लाख ६० हजार रुपैंया खर्चेर किनेको टिभिएस विगो ब्राण्डको स्कुटीले उनको जीवन सहज बनाएको छ । एकाबिहानै जोरपाटीस्थित निवासमा उनलाई लैजान सुटिङको गाडी आईपुग्छ । सुटिङ स्पटमा चना, चिउरा र अण्डाबाट सुरु हुने दैनिकी अबेर साझ मात्र विश्राम पाउछ । कुनै दिन त राती अबेर सम्म सुटिङमै ब्यस्त भएको भईन्छ । घाम, पानी, भोक, तिर्खा नभनि कुशलतापुर्वक उनले आफ्नो भुमिका निभाउछिन् । आफ्नो रफ्तार छिटो नगरे कसैले भेट्ला कि जस्तो लाग्छ । समय र माग अनुसार चल्न उनी सिपालु छिन् । त्यही ब्यस्तताले ब्युझिने र सुत्ने दैनिकी एकै प्रकारको छैन । काम अनुसार फेरबदल भईरहन्छ ।

उनलाई जतिखेरै पनि काममा ब्यस्त भईरहन मन लाग्छ । ‘काम भएन भने त बहुलाउछु होला’ जोशिदै उनले सुनाइन्, ‘घरमा एकछिन पनि बस्नै सक्दिन ।’ फुर्सदमा घर सफा गरेर, फेसबुक चलाएर बस्न मन पराउछिन् । बढी जसो त उनलाई काममै डुबिरहन मन लाग्छ । प्रतिष्पर्धाको जमाना छ । ठूलो भीड छ । त्यसो भन्दैमा उनी कत्ति पनि डराएकि छैनन् । कडा मिहिनेत गर्दै सधै पहिलो नम्बर हुन पाए लागिरहन्छ ।

‘दोहोरी म्युजिक भिडियोकि हट् केक जस्तो लाग्छ ।’ मुसुक्क मुस्कुराउदै पार्वतीले सुनाइन्, ‘सबैले खान खोज्छन् नि ।’ सफल नृत्यकै कारण उनलाई कोरिया, हङकङ, कतार, मलेसिया पु¥यायो । स्वदेश र विदेशमा उनले कैयौं यस्ता दर्शकहरु भेटिन्, पार्वतीले अभिनय गरेका म्युजिक भिडियो मोबाइलमा डाउनलोड गरेर राखेका थिए । ‘तपाईको नाच हेरेपछि हामीलाई पनि नाचौनाचौ लाग्छ । उर्जा मिल्छ । अरु हेर्नै मन लाग्दैन ।’ भन्दै दर्शकहरुले प्रेम दर्शाएपछि उनमा बिछट्टै आनन्दको महशुष हुन्छ । उनको सफलताप्रति परिवार र उनको समुदायले पनि गौरब गरेको छ । उनका बुबा भक्तबहादुर, ‘मेरो छोरी जस्तो राम्रो कोही छैन ।’ भन्दै फुक्र्यादिनुहुन्छ । फुर्किन्छिन् उनी पनि । तर काममा पटक्कै सम्झौता गर्दिनन् । दुनियाले उनको नाचकै तारिफ गर्छन् । उनी आफैलाई पनि भयंकर राम्री ठान्दिनन् । ठिक्कको छु जस्तो लाग्छु ।

तर ‘नाच’ भने भगवानले दिएको उपहार भन्नेमा कुनै शंका छैन । आफ्नो नाचमा अझ त्यस्तो चुम्बकिय शक्ति मिसाउन मन छ, जसलाई हेरेर सारा दुनिया भुलोस् । उनी एक्लै हुदा गीत बजाएर कोठाको ऐना हेर्दै ना“चिरहन्छिन् । नाच्दा नाच्दै आफैमा हराउछिन् । खुट्टा दुखेपछि त्यसको कुनै महशुष नहुने रहेछ । यसरी एक्लै नाच्दा बेग्लै प्रकारको आनन्द मिल्दो रहेछ । नया पोज र स्टेप पनि सिकिने रहेछ । चौबिसै घण्टा नाच्दा पनि उनलाई थाक्दिन जस्तो लाग्छ । आफ्नो रगत रगत र नशा नशामा नाच नै बगे झैं लाग्छ । साच्चिकै शिवको ‘पार्वती नै हु कि’ ठान्ने उनी यसका लागी जुनसुकै चिज पनि त्याग्न तयार छिन् उनी । जुन दिन नाच्न छाडिन्छ, त्यो दिन संसार छाड्छु कि जस्तो लाग्छ । पुर्व जन्ममा इन्द्रको दरवारमा नाच्ने अप्सरा नै हुकि झैं लाग्छ ।b2

उदयपुरको लेखानीमा जन्मेकी, काठमाडौंको जोरपाटीमा हुर्के, बढेकी पार्वती स्कुल, कलेजमा ‘हिरोइन’ भन्दा कम थिईनन् । हरेक चोटी नृत्य कार्यक्रम आयोजना हुदा बेस्ट डान्सरको उपाधी हात पारिन् । टेलिभिजनमा हिरो, हिरोइन नाचेको हेर्दै त्यस्तै गर्न खोज्थिन् । सारंगा श्रेष्ठको नाच, करिश्मा मानन्धरको अभिनय र रेखा थापाको निडरपन उनलाई खुब मनपर्छ । मामाघर र आफन्तहरुको घर पुग्दा खुब नाच्थिन् । सबैले उनको कानमा पैसा सिउरीदिन्थे । त्यसपछि त उनी झन्झन् नाच्न थाल्थिन् ।

अतिरिक्त क्रियाकलापमा सक्रिय उनी अरुणिमा उमाबिको गल्र्स हाउस क्याप्टेन थिईन् । करातेको ब्ल्याक बेल्ट हात पारेकी उनी सुरुसुरुमा त केटा जस्तै थिईन् । टोलका कति केटाहरुलाई कुटेको घटना सुनाईन् । केटासंग स्वभाब मिलेकोले परिवारमा उनलाई ‘जेठा छोरा’ भनेर बोलाउथे । जे गरेपनि इज्जतिलो काम रोज्नुपर्छ र पहिलो नम्बर बन्नुपर्छ भन्दै बुबाले हौस्याएपछि उनमा झन् जोश थपिन्थ्यो । त्यो बेला चर्चित हिरोइन बन्छु जस्तो लाग्थ्यो । बिस्तारै बिस्तारै थालेको अभ्यासले यतिबेला पूर्णता पाउने क्रममा छ । कौडा, मारुनी, घाटु, सालैजो, टप्पा, साकेला, धिमाल जस्ता सांस्कृतिक नाचहरुसंगै साल्सा, बि-बोइङ जस्ता आधुनिक नाच सिकिसकेकी छिन् । यस पेशालाई समाजले हेर्ने दृष्टिकोण फेर्नुपर्ने धारणा छ उनको । अरु पेशा जस्तै यसलाई पनि सम्मान र इज्जत गरिदिए भन्ने लाग्छ ।

पार्वतीले तीजमा ब्रत बस्न थालेको धेरै भईसक्यो । एकचोटी पानी नखाई ब्रत बस्दा ज्वरो थलिइन् । अचेल पानी र फलफूल खाएरै लिने गरेकी छिन् । उनले पढे लेखेको, राम्रो, माया गर्ने, केयर गर्ने ‘वर पाउ’ भन्ने कामना गर्छिन् । बानी, ब्यहोरा, आचरण राम्रो भएको पुरुष उनलाई मनपर्छ । हरेक मंगलबार गणेशको मन्दिर जाने, पूजा गर्ने बानी छ । बिहीबार माछा, मासु खादिनन् । धर्मकर्म, पुजापाठप्रति अगाध आस्था छ । उनले यो प्रेरणा आमा मिथिलाबाट पाएकी हुन् । यसै वर्ष लोक दोहोरी प्रतिष्ठानबाट दोहोरी बेस्ट नायिकाबाट सम्मानित भएकि पार्वती जतिखेरै पनि खुसी रहन चाहन्छिन् । दुखलाई जहा छ त्यही छोडिदिन्छिन् । जिस्किने, नलजाउने र फरासिलो स्वभाब छ ।

मुड अनुसार गीत सुन्न मन लागेपनि शान्त वातावरणमा भने बासुरीको धुन गुञ्जिदा मन रमाउछ । साथीभाइ जम्मा भएका बेला उनीहरुलाई गाउन लगाएर आफुलाई नाचिहाल्न हतार हुन्छ । नेपाल टेलिभिजनले आयोजना गरेको छम्छमी कार्यक्रममा उत्कृष्ट पाचभित्र पर्न सफल भएपनि पहिलो नहुदा उनलाई एकदम नरमाइलो लागेको थियो । ‘म त्यो पल खुब रोए ।’ उनी भाबुक देखिइन्, ‘त्यसले मलाई डिप्रेस बनायो ।’ अहिले पाएको सफलता देखेर उनी छक्क पर्छिन् । आफ्नो अस्तित्व खोज्छिन् । बेलाबेला पहिले भन्दा अल्छि भएकि जस्तो लाग्छ रे ।

पार्वतीलाई कुकिङमा खुब रुचि छ । रेसिपि हेरेर घरमा कतिपय परिकार आफै बनाउछिन् । आलुका परिकार, माछा, मासु, पुलाउ, खिर, सेलरोटी, चाउमिन, सा“धेको सुकुटि लगायत अन्य परिकार मीठो बनाउछिन् । एकचोटी नारायणटारमा उनको होटेल थियो । आमालाई सघाउने क्रममा उनले सबै परिकार बनाउन सिकिछन् । घरमा सबैले तिमीले बनाएको मीठो हुन्छ भन्दै फुक्र्यादिन्छन् । घरमा पाहुनाहरु आइपुग्दा उनले नै बिभिन्न परिकार बनाएर खुसी बनाउन खोज्छिन् । साथीभाईहरु समेत उनको हातको मीठो खाजा खान घरमा आइपुग्छन् । उनी आफैलाई भने दुध, फलफूल, दही, महि, घिउ, अनार र स्याउको जुस मनपर्छ । रेस्टुरेन्ट छिर्दा मेनुमा मम नै उनको रोजाइमा पर्छ । पहिले पहिले त तोङ्वा र झ्वाइखट्टे खाने बानी थियो ।

पार्वतीलाई प्रेम प्रस्ताब भन्दा विवाहका प्रस्ताबहरु धेरै आउछन् । अहिले सम्म कसैसंग प्रेम नगरेको र डेटिङ नगएको बताउने उनी सकभर ढिलो विवाह गर्ने सोचमा छिन् । अहिले काममै समर्पित हुने चाहना छ । कतै अल्झेर, बा“धिएर कामको गती रोक्न चाहन्नन् । उनले आफ्नो कामलाई नै ब्वाइफ्रेण्ड ठान्छिन् । कहिलेकाही विवाहित जोडीहरुले झगडा गरेको देख्दा, मनमुटाब भएको देख्दा विवाह नै नगरौं कि जस्तो पनि लाग्छ । बुबासंग भने ठूलो पार्टी प्यालेसमा विवाह गराइदिनु भनेर ठट्टा गर्छिन् । ‘भोजमा ५/६ लाख रुपैंया सिध्याइदिन्छु’ भन्न पछि पर्दिनन् । जोरपाटीका एक ब्यापारीकि छोरी पार्वतीलाई धेरैले लाहुरेकि छोरी ठान्छन् । हैन भनेर अरुलाई आश्वस्त पार्न खोज्छिन् । आफ्नो नाक, मुस्कान, सेता दातहरु र चिउडो उनलाई मनपर्ने अंग हुन् । उनी जति रिस उठेपनि हरपल मुस्कुराइरहन्छिन् । सुटिङ स्पटमा कहिलेकाही ढिलो पुग्दा जब उनी मुसुक्क मुस्कुराउछिन्, निर्देशक रिसाउदैनन् । त्यतिबेला उनलाई लाग्छ, मुस्कानले पत्थरलाई पनि पगाल्न सकिन्छ ।b3

पार्वतीको अनुभबले भन्छ, जीवनमा रिस्क लिने हो भने सफलता मिल्छ । ‘नत्र त नया कुरा गर्नै सकिदैन नि ।’ नङमा रातो नेल पोलिस पोतिएका औंलाहरुले कफिको कप उठाउदै बोलिन्, ‘मान्छेको जीवन त्यत्ति सजिलै कहा पाइएको हो र ?’ बेलाबेला आफ्नै जीवन उनलाई सपना जस्तो लागिदिन्छ । एउटा कुरा सोच्दा अर्कै भइदिन्छ । एकातिर जान खोज्दा अर्कैतिर पुगिन्छ । जहा पुगेपनि हार नखाने बानी छ । ‘संघर्ष जारी राखे अबश्यै जित हुन्छ ।’ उनको मुहार उज्यालो देखियो । त्यो बेला कफिको चौथो कप रित्तिईसकेको थियो ।

नजिकबाट पार्वती

तपाईको स्वभाव कस्तो छ ?
मिलनसार, ह“सिलो, फरासिलो

ब्वाइफ्रेण्ड छ ?
मेरो काम नै ब्वाइफ्रेण्ड हो

कसैसंग चक्कर चलेको छैन ?
मेरो काम बाहेक कसैसंग छैन

विवाह कहिले गर्ने ?
-विवाहितहरुले झगडा गरेको देख्दा नगरौं कि लाग्छ

आफ्नो कुन अंग मनपर्छ ?
चिउडो ।

पुरुषको कुन अंग मनपर्छ ?
अंग भन्दा ब्यक्तित्व मनपर्छ

ब्रत बस्नुहुन्छ ?
-बस्छु

के का लागी ?
माया गर्ने, राम्रो बर पाउ भनेर

नरमाइलो पल
: छम्छमी बाट आउट हुदा

पहिलो पारिश्रमिक
: २० हजार (सोल्टी क्यासिनोले आयोजना गरेको नृत्यमा दोस्रो भएबापत)

निरन्तर चौबिसै घण्टा के गर्न सक्नुहुन्छ ?
– नाच्न

नाच्न छोडेको दिन ?
– यो संसार त्याग्छु होला

झोलामा कुन सामान छुट्दैन ?
– पर्स, मोबाइल र चार्जर

पर्समा कति पैसा बोक्नुहुन्छ ?
– २, ३ हजार

ज्योतिषलाई हात हेराउनुहुन्छ ?
– कहिलेकाही

के मा रुचि छ ?
खाना पकाउनमा

सपना देख्नुहुन्छ ?
देख्छु

कस्तो खालको
: हिरोसंग फिल्म खेलेको, नाचेको, कुनैबेला भुतले लखेटेको

ग्याजेट
: सामसुङ ग्यालेक्सी एसफोर

मनपर्ने कलाकार
: सारंगा श्रेष्ठ, करिश्मा मानन्धर, रेखा थापा

लक्ष्य
: नृत्य सम्बन्धि पढाइ हुने स्कुल खोल्ने

निकै हट् देखिनु भएको छ नि ?
पर्‍यो नि ! नत्र त सेलाइ हाल्यो नि !

पछिल्लो समय सांगीतिक कार्यक्रमका सिलसिलामा अमेरिकामा जानुभयो । कस्तो रह्यो अमेरिका बसाई ?
एक महिना अमेरिका बसाई निकै रमाइलो भयो । न्युयोर्क, एट्लान्टा, बाल्टिमोरमा कार्यक्रम थियो । यो टोलीमा दीपक लिम्बु, छिरिङ गेल्मे, इन्दिरा जोशी, निमा रुम्बा र म थियौं । अहिले सम्मको यो सबैभन्दा लामो विदेश बसाई हो । केही ऐतिहासिक ठाउ“ घुमियो । सपिङ गरियो । मैले चाहेका कतिपय सपनाहरु भने अधुरै रहे । केही पाईयो, केही गुमाईयो ।

अमेरिका कस्तो लाग्यो त ?
अमेरिका धेरैको सपनाको संसार हो । त्यहाँ हरेक कुरा नियम, कानुनमा चल्ने, सबै नागरिक एकैनासका, धनी, गरिब बीचको भेदभाव भेटिएन । विकासले भरिपूर्ण, जे खोज्यो त्यही पाइने रहेछ । बडो अनौठो लाग्यो ।

उतै बस्न मन लागेन ?
मलाई नेपालमै रमाइलो भइरहेको छ । अमेरिकाको कमाइ मैले नेपालमै गरिरहेकी छु । किन बस्नु उतै ? दुःख त यता पनि छ, उता पनि छ । त्यो अर्काको देश हो । यहाँका जस्ता आफन्त, साथीभाइ त्यहाँ भेटिदैनन् । म त यतै सन्तुष्ट छु ।

कतिले अमेरिकामै घरजम गरेर बसौं भनेर प्रस्ताव पनि राखे होलान् नि ?
(मुस्कुराउँदै) त्यो चाहीं नभनौं होला ।

भन्नोस् न । केही घटनाहरु सुनौं ।
कतिले प्रस्ताव राखे । तर मेरो लागि विवाह पहिलो प्राथमिकता होइन । अमेरिका गए पनि आफ्नै तरिकाले जान्छु । कसैमाथि निर्भर हुँदिन । आफ्नै पसिना, पौरखमा रमाउनुको बेग्लै मजा छ ।

मंसिर लागिसक्यो । उमेर पनि पुगिसक्यो । विवाह गर्ने बेला भएन र ?
बल्ल २३ वर्षमा छु । उमेर छ“दैछ नि । फेरि विवाहबारे अहिले नै मैले सोचेको छैन । अझै मेरो करिअर राम्रो बनाउने, राम्रा–राम्रा म्युजिक भिडियोमा खेल्ने विचार छ । अनि मात्र त्यतातिर विचार गरौंला ।

चाहे जस्तो जीवनसाथी नभेटेर पोे हो कि ?
म जस्तै खोजेको हो । जातभात हेर्दिनँ, मलाई बुझ्ने खालको हुनुप¥यो । यस्तो जीवनसाथी भेटियोस्, त्यसको कुनै अर्को अप्सन नै नहोस् ।

अब कस्ता खालका म्युजिक भिडियोमा अभिनय गर्न मन छ ?
दर्शक, श्रोताहरुले समय अनुसार नया“ स्वाद खोज्छन् । अलि फरकपन खोज्छन् । फेरि एकसे एक नया“ मोडलहरुको आगमन हुँदैछ । कसरी हुन्छ, पहिरन, अभिव्यक्तिमा फरकपन ल्याउन चाहन्छु ।

एउटा म्युजिक भिडियो लोकप्रिय हुन के–के चाहिन्छ ?
पुरै युनिटको सहभागिता चाहिन्छ । गीत, लय मात्र राम्रो भएर हुँदैन । त्यसमा अभिनय, निर्देशन, मेकअप पनि मिल्नुपर्छ । क्यामेराम्यान र प्राविधिक पक्षको पनि उत्तिकै हात हुन्छ ।

महिनामा कतिवटा भिडियोमा अभिनय गर्नुहुन्छ ?
सामान्यतया ४ देखि ९ वटासम्ममा अभिनय गर्छु । तीजको बेलामा भने २३–२४ वटामा पनि काम गरेको छु ।

अहिले के मा व्यस्त हुनुहुन्छ ?
हम जायगा भन्ने फिल्ममा ब्यस्त छु ।

यो कस्तो फिल्म हो ?
यो शुद्ध नेपाली फिल्म हो । मंसिर ५ गतेबाट देशभर प्रदर्शन हुँदैछ । सुरेन्द्र पुनको निर्देशन र भोज गुरुङले उत्पादन गर्नु भएको हो । मैले दुई वटा गीतमा नाँचेको छु । र, यसमा मेरो अभिनय पनि रहेको छ ।

तपाई कस्तो खालको व्यक्ति हो ?
काममा रमाउने खालको । काममा समर्पित हुँदा घर, परिवार बिर्सन्छु । लठ्ठ पर्छु । दायाँबायाँ नहेर्ने खालको क्या । काम नै सबैभन्दा ठूलो कुरा हो मेरा लागि ।

तपाईका कस्ताकस्ता फ्यानहरु छन् ?
अनेकथरी । प्रेम प्रस्ताव, विवाह प्रस्ताव राख्नेदेखि हरेक दिन भिडियो नहेरी निदाउन सक्दिनँ भन्ने सम्मका छन् । तपाई यति राम्री हुनुहुन्छ, स्वर सुन्न पाए हुन्थ्यो भन्ने धेरैले चाहना राख्छन् ।

त्यस्तो प्रस्ताव राख्नेहरुलाई के भन्नुहुन्छ ?
फ्यानहरु मेरा भगवान हुन् । म सबैको भावनालाई कदर गर्छु । सकारात्मक रुपमा लिन्छु । अर्काको भावनाको हत्या गर्नुहुदैन । तर म सम्झाउँछु । एक दिन सबैको समय आउँछ, पर्खिनुहोस् भन्छु ।

यतिबेला सबैभन्दा बढी के मिस हुन्छ ?
स्कुले जीवन एकदमै मिस गर्छु । ती दिनहरु सुनौला थिए । बिर्सनै नसकिने । साथीभाईसँग झगडा पथ्र्यो, एकछिनमै कुरा मिल्थ्यो । अहिले सम्झिदा त सपना जस्तै लाग्छन् ।

त्यो बेला प्रेम गरेको याद आउँदैन ?
म त्यो बेला केटा जस्तै थिए“ । कडा स्वाभावकी भएकाले कसैले प्रेम प्रस्ताव राख्ने हिम्मत गर्दैनथे । त्यो बेलाको प्रेम पनि के प्रेम ! जिस्किए जस्तो मात्र लाग्छ ।

कसैले प्रेम प्रस्ताव त राखे होलान् नि ?
म त्यस्तै ७, ८ मा पढ्ने बेला होला, एक जनाले ‘आई लभ यु’ भन्यो । स्कुलभन्दा बाहिरको केटाले हो । म त बच्चै थिएँ । हाँसेर उडाइदिएँ । त्यसपछि कतिपय अवस्थामा नर्भस भए“ । लाजले रातो भए“ । कति केटाले प्रस्ताव राख्दा रुँदैरुँदै ‘बुबालाई भनिदिन्छु’ पनि भनेँ ।

मन पराउनेहरु थुप्रै पो रहेछन् है !
हो, म स्कुले जीवनदेखि नै डान्सर थिएँ । मन पराउनेहरु धेरै नै थिए, र अहिले पनि छन् । मुख्य कुरा मैले मन पराउनुप¥यो नि !

माया भन्ने चिज के रहेछ ?
प्रेम अन्धो हुन्छ भन्छन् नि । कसैसँग यो एक सेकेन्डमै बस्न सक्छ । प्रेम के हो आफैलाई थाह हुन्न । यो कुरा माथिबाटै तय हुन्छ । चोखो माया कोही एक जनासँग हुन्छ ।

ब्वाइफ्रेण्ड बनाइएन ?
अहिले सम्म त छैन । म त समय दिन पनि भ्याउँदिन । जो मेरो ब्वाइफ्रेण्ड बन्छ, उ त तड्पेर मर्छ होला । बलियो प्रेमको आधार समय हो । ख्याल गर्ने, बुझ्ने समय पनि चाहियो । म सँग प्रर्याप्त समय कहिल्यै नहुने । फेरि समय दिन पाइएन भने सम्बन्ध दिगो बन्दैन ।

ब्वाइफ्रेण्ड बनाउने त मन रहेछ नि ?
जीवनमा माया गर्ने, केयर गर्ने कोही त चाहिन्छ नै । तर अहिले स्वार्थी माया गर्नेहरु धेरै छन् । टाढा भाग्न मन लाग्छ । त्यस्तो देखि डर लाग्छ । अब चाहिँ एउटा बनाऊ कि भन्ने पनि लागिरा’छ । तर साथीभाइहरुको घटना देख्छु, रोएको, धोका दिएको । त्यो देखेपछि म डराउँछु ।

भनेपछि कसैसँग प्रेम नगर्ने ?
म त सिधै विवाह गर्ने सोचमा छु । त्यो पनि मागी विवाह ।

ब्लु फिल्म हेर्नु भएको छ ?
हहाहा (हाँस्दै) छैन् । (फेरि ! एकछिनपछि) सन्जय दत्तको मुभी छ, ब्लु फिल्म त्यो चैं हेरेकी छु । कुनै बेला कसैको मोवाइल, ल्यापटप चलाउँदा पनि आक्कल–झुक्कल त्यस्तो फिल्म हेरेकी छु ।

सेक्सको अनुभव लिनु भएको छ ?
छैन ।

कसरी पत्याउने र ?
कस्सम अहिलेसम्म मैले सेक्स गरेकी छैन । पसलमा राखेका सबै सामान बिक्छन् र ? कोही त डेट एक्सपायर भएर सकिन्छन् नि, हैन र ?

विदेश जाँदा डान्सबारमा जानुभयो ?
निजी कुरा नसोधौं न । एकबारको जुनीमा सबै अवसरहरुको सदुपयोग गर्नुपर्छ । बाँकी कुरा आफै बुझ्नुहोस् ।

कुनै सेलिब्रिटी देख्दा सेक्स गर्ने मुड चल्छ ?
त्यस्तो नकारात्मक सोच मनमा आउँदैन । म हिन्दु हो । त्यसमाथि नेपाली केटी । विदेशी संस्कारमा हुर्किएकी होइन नि !

कसैसंँग डेट जान पाए कसलाई रोज्नुहुन्थ्यो ?
पुरा हुन नसक्ने कुरा सोचेर के गर्नु ? त्यो कुरा त उमेरको पागलपन हो । म त्यो अवस्था पार गरिसकेँ । व्यवहारिक भइसकेँ ।

तपाईको नाम शंकर बिसीसँग जोडिन्छ नि । साँचो कुरा के हो ?
क्षमता भए कोहीसँग झुक्नु पर्दैन । उहाँसँग मेरो व्यवसायिक सम्बन्ध मात्र हो । गुरु चेलीको सम्बन्ध हो । अरु हैन । मैले अहिलेसम्म गलत बाटो अपनाएको छैन । मेरो क्षमताले काम पाएको हो । चुनौति सामना गरेर म अघि बढ्छु ।

तपाईको कुन कुराको तारिफ गर्छन् अरुले ?
जिउँडाल । हँसिलोपन, हेयरस्टाइल ।

फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?
पुस्तक पढ्ने । युट्युबमा नयाँ मुभी हेर्ने । मैले भर्खरै मात्र मोदीका भाषणहरु सुनेँ । उर्जा मिल्यो । एक प्रकारको प्रेरणा मिल्यो ।

पुस्तक पढ्न कत्तिको मनपर्छ ?
जीवनीहरु पढ्न मन लाग्छ । तसलिमा नसरिनका पुस्तकबाट प्रभावित छु । सेतो धरती पढ्दा कतै त्यो पात्र आफैं हो कि लाग्यो । साया, समर लभ पढ्दा रमाइलो लाग्यो ।

यो पनि पढ्नुहोस

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

Leave A Reply Cancel Reply

पछिल्ला पोष्टहरु

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

July 14, 2024

पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे

April 25, 2024

कथा सुनाउन संसार चाहर्ने साईग्रेस, जसले बेग्लै ट्रेण्ड बसाले

April 25, 2024
भिडियो

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

एशियाली प्रभावशाली युवामा छनौट भएकी श्रेया गिरी को हुन् ?

ऋषि धमलाको यसरी तारिफ गरिन् एलिजा गौतमले

Just in

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

Narendra Raule

Dear Readers,

Warmly welcome to you in my blog. This is Narendra Raule, a kathmandu based journalist .
I am interested to write in Peace & conflict, Diplomacy, migrant workers, youth, information and technology, environment, life-style and feature stories.
This Blog 'Nepali Highway' is my personal diary, where I can express my feelings, expressions, travelogues, journalistic writings and so on. In other words, it is a reflection of my life.
My hobbies are traveling, writing, journalism, reading books, music, and literature.

Email Me: naren.raule@gmail.com
Contact: ( +977 ) 9851005756

Facebook X (Twitter) Instagram YouTube WhatsApp
Narendra Raule
Facebook WhatsApp Instagram YouTube
© Narendra Raule . Website by Krishna Thapa.

Type above and press Enter to search. Press Esc to cancel.