Close Menu
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
नयाँ

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

Facebook X (Twitter) Instagram
  • होमपेज
  • ब्लग
  • कला र मनोरञ्जन
  • भिडियो
  • साहित्य
  • जीवनशैली
  • प्रविधि
Facebook YouTube Instagram
Narendra Raule
कला र मनोरञ्जन

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

July 28, 2024
Facebook Email Twitter WhatsApp Copy Link

‘के छ हालचाल ? सुनभन्दा महँगो मायाको रैछ जिउडाल’ ।

२०६२ सालमा कुलेन्द्र विश्वकर्माले आफ्नो पहिलो लोकदोहोरी एल्बम ‘के छ हालचाल’ बजारमा ल्याएका थिए- कुलेन्द्र, गुडबहादुर र कृष्णा परियारको स्वरमा ।

यसपछि कुलेन्द्रले दोस्रो गीत बजारमा ल्याए, ‘पश्चिम पूर्वको… ।’ यस गीतले उनलाई व्यावसायिक गायकका रूपमा स्थापित गर्यो । यसपछि दिनमै उनका पाँच–सातवटा गीत रेकर्ड हुन थाले । त्यो सङ्ख्या अझ बढ्दै गयो ।

‘भर्खर–भर्खर गायनमा लाग्दै थिएँ । असाध्यै धेरै फोन आउँथे,’ कुलेन्द्र ती दिन सम्झन्छन्, ‘खाना खाने फुर्सद पनि मिल्दैनथ्यो । राति १० बजेसम्म गीत गाउँथे । त्यति व्यस्त दैनिकी थियो ।’

हालैको एक साँझ थापागाउँको एक रेस्टुराँमा बसेर गफिँदा उनले आफू जन्मे–हुर्केको पर्वतदेखि काठमाडौँसम्मका अनेक घुम्ती र मोडहरू सम्झिए । देशदेखि परदेशसम्मका यात्राहरू सम्झिए । आफूप्रति नेपाली श्रोता तथा दर्शकले दर्शाएको अपार माया र सम्मान देख्दा उनको छाती गर्वले फुल्छ ।

कुलेन्द्रले स्वर भरेका चर्चित गीत थुप्रै छन्— ‘सालको पातको टपरी हुनी’, ‘डाँडै फुर्के सल्लो’, ‘जिम्माल बाको आँगनीमा’, ‘रुमाल हल्लाई हल्लाई’, ‘म नि उस्तै’, ‘आँखैमा बसेको मायालु’, ‘नजाऊ है सानु पँधेरीमा’, ‘जोगीको भेषैमा’, ‘फूलको चोली’, ‘फूल हौ तिमी’, ‘जूनकीरी’, ‘फूल फुल्यो जैसरा’, ‘खाँदै नखाको विष’, ‘लाउँछ माया’, लगायत सयौँ ।

पहिलो एल्बम ‘के छ हालचाल ?’ को अडियो रेकर्ड गर्न कुलेन्द्रले १२ हजार र भिडियो बनाउन २५ हजार रुपैयाँ लगानी गरेका थिए । अहिले सानोजस्तो लाग्ने यो रकम त्यो बेलाका लागि ठुलै थियो ।

त्यो क्यासेटको जमाना थियो । क्यासेट निकाल्नु र कभरमा आफ्नो तस्बिर राख्नु एक संघर्षरत कलाकारका लागि सपनाजस्तै हुन्थ्यो ।

अहिले फेसबुकको रिल्स, इन्स्टाग्राम, युट्युब, सर्टस् र पड्कास्टका प्लेटफर्ममा रमाइरहेको, हराइरहेको पुस्ताका लागि क्यासेट भन्नु एकादेशको कथा बनिसकेको छ । टेप रेकर्डरमा क्यासेट बजाउँदै हुर्किएको, एफएम र रेडियो नेपालबाट गीत सुन्दै हुर्किएको पुस्ताले चाहेर पनि त्यो समय भुल्न सक्दैन । साङ्गीतिक क्षेत्रमै भविष्य बनाउने रहर बोकेर स्टुडियो धाएका कलाकारहरूले झनै भुल्ने कुरै भएन ।

त्यो क्यासेटको जमानाको संघर्षले कुलेन्द्रलाई बेला बेला ‘नोस्टाल्जिक’ बनाउँछ ।

एफएममा चिठीको चाङ

कृष्ण आचार्यले बागलुङको सयपत्री एफएममा ‘इन्द्रेणी’ नामक साङ्गीतिक कार्यक्रम चलाउँथे ।

त्यस कार्यक्रममा कुलेन्द्रको स्वर रहेका गीत सुन्न श्रोताका चिठी यति आउँथे कि प्रस्तोता कृष्णलाई ती चिठी खोलेर र पढेर भ्याइनसक्नु हुन्थ्यो । हुलाकी समेत डराउने गरी चिठी आउँथे, कुलेन्द्रका गीत सुन्न,’ कुलेन्द्रसँगै भेटिएका आचार्य ती दिन सम्झन्छन्, ‘कुलेन्द्रका गीतहरू रेडियोमा नबजेको दिनै हुँदैनथ्यो ।’

अहिलेकी चर्चित गायिका शान्तिश्री परियारले पहिलो गीत कुलेन्द्रसँगै रेकर्ड गराएकी थिइन् । ‘भन्न त भन्छ्यौ होला’ बोलको त्यो गीत बजारमा आएपछि परियारको साङ्गीतिक यात्रा सुरु भएको थियो ।

‘सालको पातको टपरी हुनी…’

व्यक्तिगत रूपमा कुलेन्द्र विश्वकर्मालाई नचिन्नेहरूले पनि ‘सालको पातको टपरी हुनी’ गीत सुनेकै हुनुपर्छ । यो गीतले एक समय एकछत्र राज ग¥यो । यी हरफ लेखिरहँदा ‘सालको पातको टपरी हुनी’ बोलको गीतलाई युट्युबमा नौ करोड ५६ लाखपटक भन्दा बढी हेरिएको छ । हालसम्म नेपाली लोकदोहोरी क्षेत्रमा सबैभन्दा बढी भ्युज पाएको गीत यही हो ।

टिकटकमा ‘सालको पातको टपरी हुनी’ले उथलपुथल नै ल्यायो । कैयौँले यस गीतमा लिप्सिङ गर्दै टिकटकमा भिडियो अपलोड गरे । ‘युट्युबमा दिनकै १० लाख भ्युज कट्थ्यो,’ कुलेन्द्र भन्छन्, ‘एउटै स्टेज कार्यक्रममा यो गीतका लागि आठचोटिसम्म वान्स मोर आउँथ्यो ।’

नवराज पन्तका शब्द र वसन्त थापाकोे सङ्गीत रहेको यस गीतमा कुलेन्द्र र विष्णु माझीको स्वर रहेको छ । सङ्गीतकार थापा व्यावसायिक हिसाबले यो गीत सफल भएको बताउँछन् ।

नायिका मरिष्का पोखरेललाई यस गीतले थप चिनायो, शिव विकको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा पोखरेलले सुन्दर नृत्य प्रस्तुत गरेकी छन् ।

विदेशयात्रा

कुलेन्द्रको पहिलो विदेशयात्रा सन् २००६ मा सुरु भयो, बहराइनबाट । आजसम्म उनले अमेरिका, क्यानडा, अस्ट्रेलिया, रसिया, कोरिया, जापान, युरोपका इटाली, फ्रान्स, स्विट्जरल्यान्ड लगायत देशमा रहेका नेपालीमाझ आफ्नो प्रस्तुति दिइसकेका छन् ।

अमेरिका र जापान त तीन–तीनपटक पुगिसके; कोरिया, अस्ट्रेलिया र कतारमा दुई–दुईपटक । जहाँ पुगे पनि उनले नेपालीबाट अपार माया पाएका छन् ।

देशको कुरा गर्दा उनले पूर्वदेखि पश्चिमसम्म साङ्गीतिक प्रस्तुति दिन भ्याइसकेका छन् । सिक्किमका नेपालीले उनलाई साङ्गीतिक कार्यक्रमका लागि न्यानो आतिथ्यता दिइसकेका छन् ।

पूूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट कुलेन्द्रले २०७९ वैशाख १ गते प्रबल जनसेवाश्री मानपदवी प्राप्त गरे । अन्य थुपै्र सम्मान तथा अवार्ड हात पारेका कुलेन्द्रले हिमालय लोकस्टार र नेपाल लोक स्टारमा निर्णायकको भूमिका समेत निभाएका छन् ।

पहिलो पारिश्रमिक पाँच सय रुपैयाँ

पर्वत जिल्लाको महाशिला गाउँपालिका– ५ रातमाटाबाट कुलेन्द्र २०६० सालमा काठमाडौँ प्रवेश गरेका थिए, उच्च शिक्षा अध्ययनका लागि ।

काठमाडौँ आएर पहिलोपटक अर्काको गीतमा स्वर दिएबापत कुलेन्द्रले पाँच सय रुपैयाँ पारिश्रमिक पाएका थिए । अहिले अरुको गीत गाएबापत उनले बढीमा ३० हजार रुपैयाँसम्म लिने गर्छन् । स्टेज कार्यक्रममा भने उनले ठाउँ र अवस्था हेरी पारिश्रमिक तोक्छन् ।

एउटा स्टेजमा प्रस्तुति दिएको पारिश्रमिक उनले एक लाख रुपैयाँसम्म लिएका छन् ।

कुलेन्द्रलाई अब कालजयी र देशप्रेमी गीत गाउन मन छ, जो सधैँ–सधैँ गुन्जिरहुन्, जो कहिल्यै पुरानो नबनुन् ।

सबै गीतहरू ‘सालको पातको टपरी हुनी…’ जसरी चर्चित र लोकप्रिय बन्न सक्दैनन् । त्यो त दर्शक र श्रोताकै हातमा भर पर्छ । कुलेन्द्रले फेरि कतिको मन जित्लान् ? यात्रा अझै लामो छ ।

यो पनि पढ्नुहोस

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

Leave A Reply Cancel Reply

पछिल्ला पोष्टहरु

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

July 14, 2024

पहिलो पारिश्रमिक ३ सय रुपैयाँ पाएका राजु मास्टरले कलाकारितामै लागेर घर, गाडी जोडे

April 25, 2024

कथा सुनाउन संसार चाहर्ने साईग्रेस, जसले बेग्लै ट्रेण्ड बसाले

April 25, 2024
भिडियो

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

जथाभाबी रूपमा मेन रुटभन्दा माथि बनाइएको एक्सेस रोडका कारण सिमलतालमा पहिरो

एशियाली प्रभावशाली युवामा छनौट भएकी श्रेया गिरी को हुन् ?

ऋषि धमलाको यसरी तारिफ गरिन् एलिजा गौतमले

Just in

मैले मौलिकता छोडेको छैन : खुमन अधिकारी, गायक

आमाको महत्त्व गुमाएपछि बुझिन्छ – विक्की अग्रवाल

कुलेन्द्र विश्वकर्माको स्वर सुन्न हुलाकी समेत डराउने गरी एफएममा चिठी आउँथे

कर्म गरे भाग्य आफै चम्किँदै जान्छ : गायक युवराज चौलागाईं

Narendra Raule

Dear Readers,

Warmly welcome to you in my blog. This is Narendra Raule, a kathmandu based journalist .
I am interested to write in Peace & conflict, Diplomacy, migrant workers, youth, information and technology, environment, life-style and feature stories.
This Blog 'Nepali Highway' is my personal diary, where I can express my feelings, expressions, travelogues, journalistic writings and so on. In other words, it is a reflection of my life.
My hobbies are traveling, writing, journalism, reading books, music, and literature.

Email Me: naren.raule@gmail.com
Contact: ( +977 ) 9851005756

Facebook X (Twitter) Instagram YouTube WhatsApp
Narendra Raule
Facebook WhatsApp Instagram YouTube
© Narendra Raule . Website by Krishna Thapa.

Type above and press Enter to search. Press Esc to cancel.