अमेरिकी पत्रिका Forbes ले सार्वजनिक गरेको एसियाका ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिहरुको सूची ‘३० अन्डर ३०’ मा दुई नेपाली युवती परेका छन् । डिजिटल मेन्टल हेल्थ प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरी र भेगन डेरी नेपालकी काजोल सेठिया ।
यस भिडिओमा हामीले ‘ह्याप्पी माइन्ड्स’ की संस्थापक श्रेया गिरीसँग कुराकानी गरेका छौं । गिरी ‘सोसल इम्प्याक्ट’ विधामा सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन् । लण्डनमा स्नातकोत्तर अध्ययनका क्रममा कोरोना महामारीसँगै मानसिक स्वास्थ्य समस्यासमेत व्यहोरेकी २८ वर्षीया गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ‘ह्याप्पी माइन्ड्स’ की संस्थापक हुन् । ह्याप्पी माइन्ड्सले व्यक्तिगत रूपमा अनलाइन र व्यक्तिगत रुपमा परामर्श सेवा प्रदान गर्दै आएको छ । ह्याप्पी माइन्डस्ले सन् २०२२ को सार्क स्टार्ट अप अवार्डमा नेपालको तर्फबाट सर्वोत्कृष्ट न्यूकमर अवार्ड पाएको थियो ।
Guest : Shreya Giri, Founder of Happy Minds
Narration : Narendra Raule
Camera : Yogendra Narayan Nagarkoti
Edit : Ratopati